काठमाडौं, ९ चैत्र, २०७५ । टिमुर खेती २ देखि ६ मिटर सम्म अग्लो हुने पतझड, कांडेदार, सुगन्धित ,झाडी वर्गको वनस्पति हो । यसको काण्डमा र पातका फेदमा थेप्चा कांडाहरु हुन्छन् । जसको पात पलाउने हरेक आंख्लावाट फूलको छुट्टै हांगा निस्किएको हुन्छ ।

अन्य बोटविरुवाहरुमा जस्तै भाले र पोथी फूल फरक–फरक विरुवामा हुन्छ । फूलमा पत्रदल हुदैन । फूलहरु हरिया र केही पहेला स–साना आकारका हुन्छन् । फल सानो गोलो ९४देखि५ मिलिमिटर० व्यास भएको हुन्छ । टिमुर पाक्दा रातो रंङको हुन्छ । यसको फल भित्र एउटा मात्र वीउ लाग्दछ । जसको रंङ कालो टल्किने हुन्छ ।

टिमुरको स्वाद टर्रौ वा पिरो र जिव्रो थर्थराउने खालको हुन्छ । टिमुरको बोटका हांगाहरुमा प्रसस्त मात्रामा काँडा हुन्छन् र ती काँडा जुन २ सेन्टीमिटर जति लामा सम्म हुन्छन् । जिल्ला वनस्पति कार्यालय सल्यानले मुलपानी स्थित वनस्पति उद्यानमा यो सिजनमा टिमुरका विरुवा खरिद गर्न पाइन्छ । रोप्नका लागि तयारी अवस्थामा यहाँको नर्सरीमा टिमुरका विरुवा जो कोहीले खरिद गर्न सक्छ ।

व्यवसायिक रुपमा खेती गर्न चाहने किसान तथा सामुदायिक वन समूहलाई कार्यालयले निःशुल्क रुपमा विरुवा उपलव्ध गराउँदै आएको छ । कार्यालय प्रमुख जीवन पाण्डेले जिल्लाका विभिन्न सामुदायिक तथा निजी वन र किसानहरुलाई टिमुरको संरक्षण र व्यावसायिक खेती गर्नका लागि प्रोत्साहन गरेर जीवनस्तर उकास्न आफूहरुले सहयोग गरिरहेको बताए ।

‘वनस्पति कार्यालयले केही गर्छु भन्नेलाई आर्थिक महत्व बोकेका जडीबुटीका बेर्ना उत्पादन गरेर निःशुल्क वितरण गर्नुका साथै प्राविधिक र आर्थिक सहयोग पनि गर्न तयार छ’–, प्रमुख पाण्डले भने । टिमुर खेती गर्न चाहने जो कोहीले धनवाङ–२ मुलपानी स्थित जिल्ला वनस्पति कार्यालयमा सम्पर्क गर्न पनि पाण्डेले सबैमा आग्रह गरेका छन् ।

टिमुरको विरुवा कहिले र कसरी रोप्ने ?
असार महिना टिमुर रोप्ने उत्तम समय हो । वनस्पति कार्यालयका अनुसार विरुवा १ वर्षको भए पछि रोप्न योग्य मानिन्छ । विरुवा रोप्ने उत्तम समय मनसुन आउनु अगाडि वा जाडो समय पनि हो । विरुवा लगाउनु भन्दा ३–४ महिना अगाडि नै ४–४ मिटरको फरकमा ३५। ३५ से।मी को खाडल खन्ने अनि वेर्नाको प्लाष्टिकको थैला हटाई विरुवा रोप्नु उपयुक्त हुने प्रमुख पाण्डेको सल्लाह छ ।

जाडो मौसमा वृक्षारोपण गर्दा माघ, फागुण महिना उपयुक्त मानिन्छ । अझ एकझरी पानी परे पछि तयारी अवस्थामा खाडलमा विरुवा रोप्नु उपयुक्त मान्निछ । टिमुरको विरुवा रोपेपछि केही समय सिंचाईको व्यवस्था मिलाउनु अनिवार्य हुन्छ ।

टिमुरका वेर्ना रोपी सकेपछि आवश्यकता अनुसार वर्षको २ पटक गोडमेल गर्नु अनिवार्य मानिन्छ । टिमुर खेती गर्दा यसको विरुवा लगाएको स्थान वरिपरी काउसो खेती गर्नु राम्रो मानिन्छ । किनकी यसले झारपात नियन्त्रण तथा माटो सुधार गर्न सहयोग पुग्छ । एक हेक्टर जमिनमा ६ सय २५ वटा सम्म टिमुरको वेर्ना लगाउनु उपयुक्त मानिने जिल्ला वनस्पति जीवन पाण्डेले बताए ।

टिमुर खेतीका लागि कस्तो माटो र हावापानी चहिन्छ ?
टिमुर प्राकृतिक अवस्थामा महाभारत पर्वत श्रृखलाको खुल्ला डाँडा पाखोमा पाइने बोटविरुवा हो । यसका लागि प्रसस्त मात्रामा घाम लाग्नुका आवश्यक हुन्छ । साथै हिउंदमा ठण्डा र गर्मीमा न्यानो हुने उपोष्ण र सितोष्ण हावापानी भएको क्षेत्र यो राम्रो संग फस्टाउन सक्छ ।

अन्य वालीको लागि उपयुक्त नभएको भिर पाखा तथा वलौटे एवं पत्थरिलो माटोमा यसको खेती राम्रो संग गर्न सकिन्छ ।

टिमुरको महत्व र उपयोगीता
मानव जीवनमा टिमुर परम्परादेखि नै सर्वसाधारणले मसलाको रुपमा प्रयोग गर्दै आएको बहु उपयोगी र औषधिय गुण भएको एउटा महत्वपूर्ण फल हो । विशेष गरी अचार, सिस्नोको तरकारी, च्याउको परिकार वनाउँदा यसको मसला अनिवार्य जस्तै मानिन्छ ।

टिमुरको फल वोक्रा सम्पूर्ण फल र वीउलाई दन्तमञ्जन, सावुन, अत्तरको रुपमा प्रयोग गरिदै आइएको छ । त्यस्तै ज्वरो,हैजा, पेटको विकारको निम्तिपनि यसको प्रयोग अनिवार्य छ । जंगली जुका खसाल्न, जैविक विषादी वनाउँदा टिमुरको प्रयोग हुँदै आएको छ ।

बहुउपयोगी एवं औषधिय गुण भएको टिमुरको महत्व मानव जीवनमा धेरै रहेको प्रमुख पाण्डे बताउँछन् । टिमुरको बजार माग अधिक रहेकोले यसको खेतीवाट मनग्य आर्थीक लाभ लिन सकिने प्रमुख पाण्डेले बताए । आर्थीक हिसावले, स्वास्थ्यका दृष्टीकोणले टिमुरको महत्व मानव जीवनमा धेरै नै रहेको उनी बताउँछन् । एक पटक रोपिसकेपछि टिमुरबाट धेरै वर्षसम्म फल लिन सकिन्छ ।

यदि बिरुवाहरु आवश्यक भएमा हाम्रो कार्यालय अर्थात ९८५१०९७१९२ मा सम्पर्क गर्नुहोला ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्