विराटनगर, चैत ८

पाँचौ साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले डिफेण्डिङ च्याम्पियन भारतसँग प्रतिस्पर्धा गर्दैछ । विराटनगरस्थित सहिद रंगशालामा अपरान्ह ३ बजेपछि हुने फाइनलम खेलमा नेपालले भारतलाई हराउदै पहिलो पटक उपाधि जित्ने योजनाको साथ मैदान उत्रिदैछ ।

यसअघिका सबै संस्करणको उपाधि आफ्नो नाममा लेखाएको भारत पाँचौ उपाधिको खोजीमा रहनेछ । घरेलु मैदानमा पहिलो पटक आयोजना गरिएको प्रतियोगिता मार्फत नेपाल, उपाधिको खडेरी अन्त्य गर्न चाहान्छ । भारतविरुद्ध आक्रामक फुटबल खेल्दै उपाधि जित्ने एक मात्र लक्ष्यमा टोली रहेकाले सोही लक्ष्यमा मैदान उत्रने टोलीकी कप्तान निरु थापाले बताएकी छिन् ।

केही समय अघि मात्र हिरो वुमन्स गोल्डकपमा भारतलाई उसैको भूमिमा हराएकाले पनि नेपाली टोलीको मनोबल उच्च छ । आज सोही नतिजा पुनरावृती गराउँदै उपाधि उचाल्न नेपाली टोलीको प्रयास रहनेछ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्