अमेरिका, ८ चैत्र २०७५ । अमेरिकाको आसन्न निर्वाचनका लागी बर्तमान कार्यसमितीका बोर्ड अफ डाइरेक्टर गोपेन्द्र भट्टराइले महासचिव पदमा उम्मेद्ववारी घोषणा गरेका छन ।

वर्तमान कार्यसमितिमा ‘काम गरेका’ सदस्य भट्टराई एनआरएनए अमेरिकाको संस्थागत बिकाससंगै गैर आवासीय नेपालीहरुको हितका लागी एनआरएन अमेरिकाको कार्यसमितिद्दारा लक्षित कार्यक्रमहरुमा आफु ईमान्दार भएर कार्य सम्पादन गरेकाले आफु महासचिव पदमा लडेर नेपाली समुदायको हितमा काम गर्ने लक्ष्य लिएको बताउनु भयो ।

एनआरएन अमेरिकाको आसन्न निर्वाचनका लागी बिभिन्न पदका आकांक्षीहरुले आफ्नो उम्मेद्ववारी घोषणा गर्ने क्रम बढिरहेका बेला महासचिवका बलिया उम्मेद्ववार गोपेन्द्रलाई मानिएको छ |

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्