काठमाडौं, २०७५ साल चैत्र ६ गते बुधबार । गीतकार पुरण क्षेत्रीको खेलाडी गीत ‘खेलाडी हौं हामी खेलाडी’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

गायक मोहित श्रेष्ठ र सागर अविरल जि सी तथा गायिकाहरु प्रगति महरा र निर्मला घिसिङको स्वर रहेको खेलाडी गीतको म्यूजिक भिडियो युट्युवमार्फत् सार्वजनिक गरिएको हो ।

दिपिन थापाको नृत्य निर्देशन रहेको उक्त भिडियोमा क्यामेरा कोरियोग्राफी, क्यामेरा र सम्पादन भीम कुमाखीले गर्नु भएको छ ।

तीन वर्षअघि रेकर्ड गरिएको उक्त खेलाडी गीतको एरेञ्ज कृष्ण पुनले गर्नु भएको हो । अक्सिजन मिडिया प्रा लि ले अडियो सार्वजनिक गरेको थियो ।

गायक तथा संगीतकार मोहित श्रेष्ठको संगीत रहेको उक्त म्यूजिक भिडियोमा सुनछहरी कला केन्द्रका कलाकारहरुको नृत्य रहेको छ ।

हाल रोल्पा नगरपालिकाका मेयर समेत रहेका गीतकार क्षेत्रीले जलजलाको नूतन सन्देश (२०६३) र देशले उत्साह खोजिरहेछ (२०७३) कविता संग्रह पनि प्रकाशन गरिसक्नु भएको छ  ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्