गोरखा (फुजेल), ४ चैत । गण्डकी गाउँपालिका-४ ढाबेमा बादरको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छिन् ।

ढाबेकी कल्पना रेग्मीमाथी बादरले आक्रमण गरेको हो ।
आक्रमणमा परी उनको टाउकोमा गम्भीर चोट लागेको छ ।
स्थानीय मिडिकलमा प्रथामिक उपचारपछि घाइते रेग्मीलाई थप उपचारको लागि काठमाडौं लगिएको स्थानीय राजु देवकोटाले जानकारी दिए ।

बाटोमा बसिरहेका बेला बादरले एक्कासी आक्रमण गरेको समेत उनले जानकारी दिए ।

बेहोस अवस्थामा स्थानियले मिडिकल पुर्याएका थिए ।

पछिल्लो समय उक्त क्षेत्रमा बादर आतंकले स्थानीय बासिन्दाको दैनिकी असहज भएको, खेतीपाती जोगाउन अप्ठेरो भएको बताउदै आए पनि समस्या हल भने हुन सकेको छैन ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्