२०७५ साल चैत्र ३ गते आइतबार ।

म पनि हल्का गित गाउने मान्छे,गित संगितप्रति रुची भएको मान्छे, त्यसकारण पनि मलाई उनि मन पर्ने गायिका हुन, मिठो श्वर,लाईभ दोहोरीमा ट्यालेन्ट छिन ।

अहिलेका पुस्तालाई लोकदोहोरी गित गाएर तताउन सक्ने , स्टेज तताउने गायिकाको रुपमा उनलाई म चिन्छु । त्यति मात्र हैन, मैले उनको श्वर रेडीयो नेपालमा समचार वाचिकाको रुपमा पनि सुनेको छु । रिपोटरहरुले तयार पारिदिएको समचार मिठो श्वरमा वाचन गर्ने कुशल समचार वाचिका को रुपमा पनि म उनलाई सम्मान गर्दछु ।

२ बर्ष पहिला उनि राप्रपा नेपालको राजनितीमा प्रबेश गरिन । एउटा गायिका अनि समचार वाचिका ,राजनितीक पार्टीमा प्रबेश गर्दा मलाई केही न केही राजनितीक चरित्र रहेछ भन्ने लाग्यो ।

उनि प्रबेश गरेको पार्टी राप्रपा त्यस्तो पार्टी हो । जुन पार्टीमा राजनिती गर्न त्यती राजनितीक चरित्र,राजनितीक ज्ञान आवाश्य पर्दैन सजिलो छ।मात्र परम्परागत शैलीमै ,राजा,हिन्दुराज्य भनेर चर्को श्वर निकाल्न सके राप्रपाको राजनितीलाई पुग्छ । अरु चाहीदैन,त्यसैले कोमल वली लाई राप्रपामा सहज थियो ।

अघिल्लो दिनसम्म राजा, हिन्दु राज्य, एकात्मक राज्य भन्ने कोमल वली,अर्को दिन बिहानै पुर्व एमालेका नेता शङ्कर पोखरेलको आगनमा पुगेर एमाले प्रबेश गरिन । तब मलाई त्यतीबेलै लाग्यो,कोमल वली राजनितीक चरित्र र ज्ञान लिएर भन्दा पनि, लोकगायिका र रेडियो नेपालकी समचार वाचिकाको नामबाट जुनसुकै पार्टी किन नहोस् पदमा पुग्न चाहान्छिन ।

पद भएपछी,बिचार,आस्था,सिदान्त चाहिदैन भन्ने मलाई पक्का भयो । हुनत बिचार आस्था राप्रपा जस्तो पुरातन बादी मन्डले पार्टी मा हुन्छ पनि कहाँ र।तर अब उनि पुर्व एमाले हुदै ,बर्तमान नेकपा भईसकिन,नेकपाको प्रतिनिधीत्व गरेर राष्ट्रिय सभामा सांसद छिन । उनी राष्टिय सभामा गए पछी मैले निरन्तर उनका प्रस्तुतीहरु हेरीरहेको छु । जब उनि सुरिलो श्वरमा राष्ट्रिय सभामा बोल्छिन,बोल्न त बोल्छिन तर के बोल्छिन के बोल्छिन,मैले उनले ५/७ मिनेट बोलेको भाषणमा कुनै तर्क नै पाउदिन ।

यसो भन्न खोजेकी होलिन जस्तो त लाग्छ तर तार्कीक कुरा केही पनि भेट्दिन । एक पटक मात्र हैन पटक पटक त्यस्तै मलाई लाग्यो अनि सोच्दछु बिचरा गित गाएजस्तो र समचार वाचन गरेजस्तो राजनिती हुदो रैनछ,तर केही छैन उनि अब जसरी पुगेपनि पदमा पुगिन,सबै भन्दा ठुलो पार्टी की नेत्री, राष्टिय सभामा पटक पटक उठेर बोल्ने र अझै ठुलो नेत्री बन्ने उनको ठुलो ईच्छा छ,त्यसैले मेरो नेकपा लाई आग्रह छ ।

अब कोमल वलीलाई राजनितीक प्रशिक्षण देउ,कम्युनिस्ट भनेको केहो,बाम लोकतान्त्रीक भनेको केहो,दक्षिणपन्थी भनेको केहो,राजनिती भनेको केहो,नेता र नेत्रित्व भनेको के हो?
बिखण्डन भन्या के हो?माक्सबाद,लेनिनबाद,माओबाद ,जनबाद,समाजबाद,साम्यबाद, पुजीँबाद ,भन्या के हो ?

क्रान्ती भन्या के हो ? भनेर केही राजनितीक शब्दवालीहरुको बारेमा केही न केही प्रशिक्षण चाही देउ । नत्र उनको ५ बर्षे कार्यकाल मलाई सबैभन्दा खल्लो लाग्ने छ ।

कोमल वली,

दिदी कि केही राजनितीमा प्रयोग गरिने शब्द बारेमा जानकारी लिनु कि फेरी पनि गित गाउन र समचार वाचन गर्न सुरु गर्नु । मेरो आग्रह छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्