काठमाडौं, चैत १

आगामी बर्षका लागि सरकारले मुलुकभर लागू हुने गरी १५ दिन सार्वजनिक विदा निर्धारण गरेको छ । गृह मन्त्रालयले आज राजपत्रमा सुचना प्रकाशित गरी नयाँ वर्ष, मजदुर दिवस, बुद्ध जयन्ती र संविधान दिवसका दिन सार्वजनिक विदा दिएको हो ।

यस्तै दशैंमा फूलपातीदेखि एकादशीसम्म ५ दिन र तिहारमा लक्ष्मीपूजादेखि भाइटीकासम्म ३ दिन विदा दिइएको छ । महाशिवरात्री र अन्तर्राष्ट्रिय महिला दिवसमा सार्वजनिक विदा दिइएको छ । यस्तै फागू पूर्णिम का दिन पुर्ववतः अवस्थामा सार्वजनिक विदा दिइएको छ । तीजको दिन महिला कर्मचारीहरुलाई मात्र विदा दिइएको छ । जितिया पर्व मनाउने मधेसका महिलाले पनि विदा पाउने छन् । अपाङ्गता भएका कर्मचारीलाई अन्तर्राष्ट्रिय अपांगता दिवसमा विदा दिइएको छ ।

शिक्षण संस्थाहरुमा श्रीपञ्चमीका दिन विदा दिदै सरकारले धर्म, संस्कृति, भौगोलिक क्षेत्र, स्थान विशेषका लागि फरक क्षेत्र र समुदायअनुसार सार्वजनिक विदा तय गरेको छ । काठमाडौं उपत्यकामा गाईजात्रा, इन्द्रजात्रा, घोडेजात्रा र मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन विदा दिइएको छ । फाल्गुनन्द जयन्तीमा किँरात धर्माबलम्बीलाई र गुरु नानक जयन्तीमा नेपाली शिख धर्माबलम्बीलाई विदा दिइएको छ ।

किँरात, राई, याख्या, सुनुवार, लिम्बुजातिले उभौली पर्व–चण्डी पूर्णिमा वैशाख पूर्णिमाका दिन विदा पाउनेछन् । किँरात समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्ही–ज्यापु दिवस मंसिर पूर्णिमा, धान्य पूर्णिमाका दिन उनीहरुलाई सार्वानिक विदा दिइएको छ । सुदूरपश्चिम क्षेत्रमा गौरा पर्वका दिन विदा हुनेछ । मधेसमा छठ पर्वको विदा हुनेछ ।

इस्लाम धर्मावलम्बीहरुले इद (इदुल्ल फित्र) र इदुल (इदुल जोहा) का दिन विदा पाउनेछन् । इसाइ धर्मावलम्बीलाई क्रिसमस डे मा विदा दिईएको छ । गुरुङ समुदायले तमु ल्होसारमा विदा पाउनेछन् । माघे संक्रान्तिमा थारु, मगर, छन्त्याल जातिलाई विदा दिइएको छ । तामाङ समुदायले सोनम ल्होसारमा विदा पाउनेछन् । हिमाली आदिवासी शेर्पाहरुले ग्याल्बो ल्होसारको दिन विदा पाउनेछन् । यस्तै झापा, मोरङ सुनसरी, सिरहा, सप्तरीमा सिरुवा पावनी पर्व मनाइने दिन विदा दिइएको छ ।

धबथाम्बु थेउचिक पर्व मनाउने जिल्लाहरुमा पनि सो दिन विदा दिने राजपत्रमा उल्लेख गरिएको छ । सरकारले गणतन्त्र दिवस, निजामती सेवा दिवस, राष्ट्रिय एकता दिवस, सहिद दिवस, प्रजातन्त्र दिवस, जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस भने मुलुकभर मनाउने निर्णय गर्दै सरकारले सार्वजनिक विदा भने नदिने निर्णय गरेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्