गोरखा, १ चैत्र २०७५ । माछाखोलामा सुपर माछाखोला जलविद्युत आयोजना सञ्चालन हुने भएको छ । लाप्राक र सिङ्लाको बीच भाग भएर बग्ने धार्चे ५ को माछाखोलाबाट विकास हाइड्रोपावर कम्पनीले ४.५५ मेगावाटको जलविद्युत उत्पादन गर्न लागेको कम्पनीका डाइरेक्टर सुनील श्रेष्ठले जानकारी दिए ।

निर्माणका लागि गर्नुपर्ने पूर्वतयारी सबै सकेर आयोजनाको काम अघि बढिसकेको श्रेष्ठले बताए । ‘निर्माण लाइसेन्स लिइसकेका छौं । बाँध निर्माणका लागि एकसय रोपनी जग्गा निश्चित गरिसकेका छौं’, श्रेष्ठले भने, ‘तीन किलोमिटर माथि बाँध बाँधेर माछाखोलाबजार आसपास पावरहाउस निर्माण गर्ने तयारी छ । माछाखोलाबाट निर्माणस्थलसम्म तीन किलोमिटर सडक पनि खनिसकिएको छ । हामी झोलामा खोला हालेर हिड्ने होइनौं । धमाधम काम सुरु भएको छ ।’ बाँधस्थलबाट तीन किलोमिटर नहरबाट पानी ल्याउने र २१० मिटर उचाइबाट पानी खसालेर विद्युत उत्पादन गर्ने आयोजनाले जनाएको छ ।
आयोजनाको विद्युत नेपाल विद्युत प्राधिकरणले खरिद गर्न प्रािधरणसंग विद्युत खरिद सम्झौता(पिपिए) भइसकेको डाइरेक्टर श्रेष्ठले बताए । आयोजनासंग प्राधिकरले हिउँदमा प्रतियुनिट ८.४० रुपियाँ र बर्खामा प्रतियुनिट ४.८० रुपियाँमा विद्युत खरिद गर्ने गरी गत कात्तिक महिनामा नै पिपिए भएको हो । त्यसैगरी कम्पनीले आयोजना सञ्चालन गर्न वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) प्रतिवेदन समेत तयार भइसकेको आयोजनाले जनाएको छ । आयोजनाको लागत ९६ करोड रुपैया रहेको छ । जसमध्य १० प्रतिशत लागत स्थानीयबासीको सेयरबाट र बाँकी रकम कम्पनी संवद्ध पाँचजनाले लगानी गर्ने भएका छन् ।

एनआरएन मलेसियाका संयोजक खगेन्द्र न्यौपाने, सरोज धिताल, कृष्ण घिमिरे, विकास अधिकारी र सुनीलबाबु श्रेष्ठ विकास हाइडूोपावर कम्पनीमा आवद्ध छन् । दरौदी

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्