काठमाडौं, चैत १

सरकारले वार्ताको लागि गरेको आह्वानलाई नेत्रविक्रम चन्द विप्लव समुहले स्वागत गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाले सो समुहलाई वार्ताका लागि सदैव तयार रहेको बताउनु भएको थियो । उहाले वार्तामा आएमा सो समुहलाई सिंहदरवारमा रातो कार्पेटले स्वागत गरिने बताउनु भएको थियो ।

सरकारले आव्हान गरेको भोलीपल्टै विप्लव समुहका पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ले सरकारले वार्ताका लागि गरेको आह्वान स्वागतयोग्य रहे पनि ढिला गरी आह्वान भएको बताउनुभयो ।आफ्नो पार्टीलाई प्रतिबन्ध लगाएर वार्ताका लागि गरिएको आह्वान स्वागतयोग्य नै रहे पनि औचित्य भने नरहेको कार्कीले बताउनु भयो ।

‘हामीलाई कहिल्यै पनि वार्ताका लागि औपचारिक रुपमा सरकारले बोलाएको छैन’ पोलिटब्यूरो सदस्य कार्कीले भन्नुभयो, ‘मन्त्रिपरिषद् बैठकले निर्णय गरेर वार्ताका लागि औपचारिक पत्र पठाए जहिल्यै पनि वार्ता गरेर समस्या समाधान गर्न हामी तयार छौँ ।’

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्