- ADVERTISEMENT -
- ADVERTISEMENT -

युवराज बस्ताकोटीद्वारा नेपाली कांग्रेसलाई मत दिन अपिल

February 24, 2026
19
Shares

युवराज बस्ताकोटी ले आगामी फागुन २१ गते हुने निर्वाचनमा कांग्रेसलाई मत दिन अपिल गरेका छन्

काठमाडौं, फाल्गुण १२ :

नेपाली राजनीति, शैक्षिक नीति तथा सामाजिक चेतनाका क्षेत्रमा सक्रिय बौद्धिक नेता युवराज बस्ताकोटी ले आगामी निर्वाचनमा नेपाली कांग्रेस र उसका उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गर्नुभएको छ।

उहाँका अनुसार राजनीतिक स्थिरता, समाज कल्याणमा आधारित खुला अर्थतन्त्र, स्थिर विदेश नीति तथा दीगो आर्थिक समृद्धिका दृष्टिले नेपाली कांग्रेस तुलनात्मक रूपमा सकारात्मक विकल्प रहेको धारणा व्यक्त गर्नुभएको हो।

उल्लेखनीय छ कि बस्ताकोटीले यसअघि गोरखा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्न दाबीसमेत गर्नुभएको थियो। आफ्नो राजनीतिक दृष्टिकोण र नीतिगत स्पष्टताका आधारमा प्रतिस्पर्धामा उत्रिने तयारी देखाउनुभएका उहाँले अन्ततः पार्टीको निर्णयलाई सम्मान गर्दै संगठनात्मक एकतामा जोड दिनुभएको बताइन्छ।

आफ्नो मेहनत र पसिनाले स्थापित पहिचान बनाएका बस्ताकोटी खरो स्वभावका सत्यवादी युवा नेताका रूपमा परिचित छन्। लोकतान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय रहँदै आएका उहाँ भविष्यप्रति स्पष्ट दूरदृष्टि राख्ने व्यक्तित्वका रूपमा चिनिनुहुन्छ। यही कारण उहाँका धारणा र विश्लेषणहरू समाजमा ध्यानपूर्वक सुन्ने र पढ्ने गरिन्छ।

उन्नतिशील अर्थतन्त्रको पक्षमा आवाज उठाउँदै आएका बस्ताकोटी ‘उर्वर नेपाल’ जस्तो विश्वसनीय तथा चर्चित अभियानको नेतृत्वसमेत गरिरहेका छन्। देशमा बढ्दो असन्तुष्टि अन्त्य गर्न नीतिगत परिवर्तन आवश्यक रहेको भन्दै उहाँले समय–समयमा आफ्ना धारणा सार्वजनिक गर्दै आउनुभएको छ।

- ADVERTISEMENT -