अबदेखि खेलाडीकाे निशुल्क स्वास्थ्य परीक्षण हुने भएकाे छ।
मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय युवा तथा खेलकुद मन्त्रालय र बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रबिच खेलाडीकाे निशुल्क स्वास्थ्य परीक्षणगर्ने त्रिपक्षीय सम्झौता भएकाे हाे।
सम्झौतापत्रमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र केन्द्रबीच हस्ताक्षर भएकाे छ।
जसअनुसार प्याराओलम्प्किमा पदक विजेता खेलाडी पलेशा गोवर्धनलाई चिकित्सकले निशुल्क स्वास्थ्य परीक्षण गरेर कार्यक्रम शुभारम्भ भएकाे हाे।