- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नवलपरासीका २१ वटा वडा बाढीको उच्च जोखिममा

July 5, 2024
88
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नवलपरासी जिल्लामा रहेका सात पालिकामध्ये सुनवलबाहेक अन्य ६ पालिकाका २१ वटा वडाहरू बाढीको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८१ ’ मा सबैभन्दा बढी रामग्रामका ७ वटा वडाहरू उच्च जोखिममा रहेको उल्लेख गरिएको छ ।

 रामग्रामको वडा नं. १,२,३,५,६,१७ र १८ नम्बर वडाहरू उच्च जोखिममा रहेका छन् । त्यसैगरी उच्च जोखिममा रहेका वडाहरूमा बर्दघाटको १३ र १५, पाल्हीनन्दनको १,२,३ र ६, प्रतापपुरको ३,६ र ८ रहेका छन् । त्यसैगरी सुस्ताको ३,४,५ र सरावलको ६ र ७ नम्बर उच्च जोखिममा रहेको प्रतिकार्य योजनामा जनाइएको छ । 

- ADVERTISEMENT -

Advertisement

त्यसैगरी सुनवलसहित अन्य पालिकाका २५ वटा वडाहरूमध्यम जोखिममा र ८ वटा वडाहरू न्यून जोखिममा रहेको प्रतिकार्य योजनामा उल्लेख छ । जल तथा मौसम विज्ञान विभागले ‘रेड जोन’ मा राखेका जिल्लामध्ये नवलपरासी पनि रहेको छ । 

नवलपरासी जिल्ला उच्च जोखिममा रहेकाले बाढीबाट हुन सक्ने संभाव्य क्षति न्यूनिकरण र पूर्वतयारीका लागि जिल्लाका सबै सुरक्षा निकायलाई हाई अलर्टमा राखिएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिइन् । सुरक्षा निकायसँगै, स्थानीय तह, सरोकारवाला सरकारी कार्यालय र विभिन्न संघ संस्थासँग समन्वय गरी आवश्यक तयारी गरिएको श्रेष्ठको भनाइ छ । बाढीबाट जिल्लामा सबैभन्दा बढी घर खेत डुवान र कटानको समस्या हुने गरेको छ । 

- ADVERTISEMENT -

Advertisement

भारतले आफूतर्फको खोला,नाला सफाइ नगर्दा दक्षिण भएर बग्ने पानीको निकास नहुँदा बर्सेनि  डुवान र कटननको समस्या झेल्नु परेको हो । विस्थापितका लागि सम्बन्धित पालिकाहरूमा आश्रय स्थलहरुको व्यवस्थासमेत गरिएको विपद् व्यवस्थापन समितिले जनाएको छ ।

वर्षा र बाढीबाट दैनिक जनजीवन,कृषि,स्वास्थ्य,सडकलगायत प्रभावित हुनसक्ने भन्दै जिल्ला विपद् व्यवस्थापन समितिले उच्च सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com