- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

पुँजी नभएको मान्छेलाई पार्टीमा स्थान भएन : मुकुल ढकाल प्रतिवेदन

July 5, 2024
125
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा मुकुल ढकालले पार्टीमा पुँजी नभएको मान्छेलाई पार्टीमा स्थान नभएको बताएका छन् ।

समीक्षा यात्राको प्रतिवेदनमा ढकालले उक्त विषय उल्लेख गरेका हुन् । उनले लेखेका छन्, ‘पुँजी नभएको मान्छेलाई पार्टीमा स्थान भएन । पैसा भएका मान्छे मात्र पार्टीमा आकर्षित भइरहेका छन् । गरिबहरूले राजनीति गर्ने होइन, अलिकति कमाइ छैन भने राजनीतिमा किन लाग्नु पर्‍यो भन्ने भनाइ पार्टीको उपल्लो तहको नेतृत्वबाट नै सुनियो ।

- ADVERTISEMENT -

Advertisement

ढकालले पार्टीलाई एलिट वर्गको पार्टीको रूपमा मात्र स्थापित गराउने काम भएको लेखेका छन् । पार्टी नै पैसावालाहरुको कब्जामा गएको उनको ठहर छ । ‘वास्तवमा आज पार्टी एलिट वर्गको कब्जामा गइसक्यो । गरिब मान्छेले राजनीति गर्न हुँदैन भन्ने जबर्जस्त भाष्य पार्टीमा स्थापित गराइएको छ,’ उनले लेखेका छन्, ‘यस हिसाबमा कार्ल मार्क्स यदि जीवित भएको भए पनि रास्वपामा स्थान नहुने रहेछ । गरिब नेपालीलाई पनि यो देशको प्रधानमन्त्री हुने अधिकार छ भन्ने तथ्यलाई पार्टीले स्वीकार गर्नुपर्छ ।’

ढकालले यो प्रतिवेदन केही दिनअघि सभापति रवि लामिछानेलाई बुझाएका थिए । प्रतिवेदनमा लेखिएका कुरा पार्टी नीतिविपरीत सार्वजनिक गरेको लगायतको आरोपमा ढकाललाई बुधबार राति रास्वपा केन्द्रीय समितिले महामन्त्री पदबाट ७ दिनका लागि निलम्बन गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com