- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सांसद सिंहले भने- फोहोर काठमाडौं महानगर र बालेनको घरअगाडि थुपारौं

'जस्तालाई तस्तै गर्ने हो, मेयर शाहले पनि सडक विभागअगाडि अस्ति भर्खर फोहोर फाल्नु भएको थियो'
June 19, 2024
155
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्रतिनिधि सभामा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कवाडी व्यवसायीहरूलाई फोहोर काठमाडौं महानगरको कार्यालय र मेयर बालेन शाहको घरअघि थुपार्न आग्रह गरेका छन्।

महानगरका मेयरले केही समयअगाडि सडक विभागमा फोहोर थुपारेको भन्दै उनले कवाडी व्यवसायीलाई महानगर र मेयरको घरअगाडि फोहोर थुपार्न भनेका हुन्।

- ADVERTISEMENT -

Advertisement

‘बालेनजी, यहीँको मेयरले सिकाएको छ काम भएन भने त्यही फोहोर थुपार्ने हो। उहाँले नै सडक विभागअघि फोहोर थुपारेको छ,’ बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भने, ‘तमाम कवाडी संघलाई आग्रह गर्न चाहन्छु- सबै फोहोर महानगरपालिका र बालेन शाहको घरअगाडि थुपारौं, त्यसका लागि हामी साथमा छौं।’

मेयरले सिकाएअनुसार नै यस्तो काम गर्नुपर्ने उनले बताए। ‘अस्ति भर्खर सडक विभागअगाडि उहाँले दुई टिपर फोहोर थुपार्नुभएको थियो,’ उनले भने।

- ADVERTISEMENT -

Advertisement

कवाडी व्यवसायीहरूमाथि प्रहरीले लाठीचार्ज गरेको र ट्रमा सेन्टरमा उपचार भइरहेको उनले बताए। घाइतेहरूको नि:शुल्क उपचार गर्न पनि सरकारसँग उनले माग गरेका छन्।

कवाडीले काठमाडौं महानगरभित्र व्यापार गर्न नपाएको र अदालतको आदेश पनि महानगरले नमानेको सिंहको भनाइ छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com