- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गोरखाको वारपाक सुलिकोटमा ‘कृषि एम्बुलेन्स’ सञ्चालनका लागि सम्झौता

June 19, 2024
85
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गोरखाको वारपाक सुलिकोट गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । पालिकाका सबै वडा समेट्ने गरी सुलिकोट बहुउदेश्यीय सहकारी संस्थाले एम्बुलेन्स सञ्चालन गर्न गएको जेठ २९ गते सम्झौता भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेमगरले बताउनुभयो ।

सम्झौताअनुसार कृषि एम्बुलेन्स खरिदका लागि पालिकाले ७० र सहकारीले ३० प्रतिशत लागत साझेदारी गर्नेछन् । कृषि एम्बुलेन्सका रुपमा प्रयोग गरिने गाडी खरीदका लागि पालिकाले १९ लाख ७५ हजार रुपैयाँ र सुलिकोट बहुउदेश्यीय सहकारीले बाँकी ३० प्रतिशत रकम लगानी गर्नेछ ।

- ADVERTISEMENT -

Advertisement

पालिकाभरीको कृषि, पशु तथा दुग्धजन्य उत्पादन सङ्कलन र बजारीकरणको काम कृषि एम्बुलेन्समार्फत हुनेछ । कृषि उत्पादन बढाउँदै बजारीकरणमा सघाउने उदेश्यले कृषि एम्बुलेन्स सञ्चालन गर्न लागिएको वारपाक सुलिकोट गाऊँपालिकाका अध्यक्ष विष्णु भट्टले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com