- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सहकारी छानबिन समितिले थाल्यो औपचारिक अनुसन्धान

June 18, 2024
112
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले औपचारिक रूपमा अनुसन्धान थालेको छ ।

गत जेठ १५ गते बनेको समितिले मंगलबारदेखि मात्रै औपचारिक रूपमा सहकारीमा भएको रकम अपचनलबारे छानबिन थालेको हो ।

- ADVERTISEMENT -

Advertisement

यस क्रममा समितिले मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयसँग छलफल गरिरहेको छ ।

यस अघि समस्याग्रस्त देखिएका २९ वटा सहकारीको विवरण मागेको समितिले कार्यविधि र कार्ययोजना बनाएर औपचारिक छानबिन थालेको हो

- ADVERTISEMENT -

Advertisement

पहिलो चरणमा मन्त्रालय, सहकारी विभाग र सरोकारवाला मन्त्रालयसँग छलफल गर्ने समितिको तयारी छ । 

समितिले पहिलो बैठक बसेको २३ जेठको तीन महिनाभित्र सहकारीको छानबिन गर्दै प्रतिवेदन बुझाउने जनाएको छ । 

सात सदस्यीय समितिको संयोजक एमालेका सूर्य थापा छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com