- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

झापाको शिवसताक्षीमा दुई छोरासहित आमा मृत फेला

June 14, 2024
45
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

 झापाको शिवसताक्षीमा दुई बालकसहित आमा मृत अवस्थामा फेला परेको छ । शिवसताक्षी नगरपालिका-३ भोटेपुल निवासी सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा,उनका छोराहरू ९ वर्षका बिशाल बेस्रा र ३० महिनाका आयुष बेस्रा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए ।

महिला झुन्डिएको र छोराहरू कोठाभित्रै भुँइमा लडेको अवस्थामा फेला परेको एसपी केसीले बताए  । आफ्ना दुई छोरालाई विष खुवाइ हत्या गरेपछि महिलाले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

 चिकित्सक र प्रहरी टोली घटनास्थल गइरहेको जनाइएको छ । सुजन बेस्रा वैदेशिक रोजगारीमा रहेको बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com