काठमाडौँ । काठमाडौँको एक घरबाट आइतबार साँझ ६० लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । गोकर्णेश्‍वर नगरपालिका-४ माकालबारी नजिक बस्ने दुर्गा माया आलेमगरको घरमा सो चोरी भएको हो ।

घरमा कोही नभएको अवस्थामा सुन तथा चाँदीका विभिन्न गहना र नगद २५ लाख रुपैयाँ गरी करिब ६० लाख ४० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीको भनाई छ ।  यसैगरी काठमाडौँकै गोकर्णेश्‍वर नगरपालिका-३ गोकर्ण बस्ने गीता राईको घरबाट सुनका विभिन्न गहना तथा नगद समेत गरी करिब ३ लाख ४३ हजार रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।

उता स्याङ्जाको वालिङ नगरपालिका-१० ब्यार्थोक बस्ने टिक बहादुर गुरुङको घरबाट कोही नभएको अवस्थामा नगद ५० हजार रुपैयाँ र सुनका विभिन्न गहना गरी करिब ८ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । गुरुङ लगायत उनका परिवार माघ २१ गते भारतमा पेन्सन बुझ्न गई २७ गते घरमा आउँदा चोरी भएको बताइएको छ ।  प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।  

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्