काठमाडौं– चलचित्र बिकाश बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति’को संयोजकमा निर्माता ज्योती राज राई नियुक्त भएका छन्। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले राईलाई उक्त समितिको संयोजक नियुक्त गरेका हुन्। 

राईले यसअघि पनि  समितिमा एक कार्यकाल संयोजक र एक कार्यकाल सदस्य भएर काम गरेका थिए। हाल उनी आदिवासी जनजाति चलचित्र महासंघ कोशी प्रदेशको अध्यक्ष र नेपाल चलचित्र निर्माता संघको कोषाध्याक्ष पनि हुन्।

आदिवासी  जनजाति चलचित्र महासंघको सिफारिसमा राई संयोजक नियुक्त भएका हुन्।

७ प्रदेशका विभिन्न १६ जातिबाट सिफारिस भएर आएका विभिन्न व्यक्ति मध्येबाट आदिवासी जनजाति महासंघले चलचित्र बिकास बोर्डलाई एक व्यक्ति संयोजक र अरु सदस्यहरुका लागि सिफरिस गर्ने र सोहीअनुसार बोर्डले संयोजक नियुक्त गर्ने प्रावधान छ।

बोर्डले राईको संयोजकमा ६ सदस्यको  समिति गठन गरेको छ। जसको सदस्यमा अमर लामा, रविन गुरुङ, विकास मगर, लक्ष्मी योङ्गहाङ, सगिना सुनुवार, अमृतामाया माझी रहेका छन्।  

हरिसिंह  रैखोला समितिको सदस्यसचिव रहेका छन्।

समितिले देशभर छरिएर रहेका आदिवासी चलचित्रकर्मीको व्यक्तित्व विकास, आदिवासी चलचित्रको प्रवर्द्धन र बजार विस्तार गर्ने काम गर्छ। 

आफ्नो कार्यकालमा विभिन्न भाषामा निर्माण हुने चलचित्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार बिस्तार गर्ने, नितिगत रुपमा समेत सक्षम बनाउने मुख्य लक्ष्य लिएको संयोजक राईले बताए। 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्