२०८३ वैशाख २८, सोमबार
७:४७:५८ बिहान
- ADVERTISEMENT -

आईसीएमए अस्ट्रेलियाको नेपाल च्याप्टरका विद्यार्थीलाई दिक्षित कार्यक्रम सम्पन्न

प्रकाशित मिति: २०८० असोज १६, मंगलबार

115
Shares

काठमाडौं । इन्स्च्यिुट अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टस (आईसीएमए) अस्ट्रेलियाले नेपाल च्याप्टरका ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थीहरुलाई दिक्षित गरेको छ । काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच उनीहरुलाई दिक्षीत गरिएको हो । दिक्षित विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले प्रमाण पत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा कार्यवाहक महालेखा परीक्षक काफ्लेले दिक्षान्त समारोहमा दिक्षित भएका विद्याथीहरुलाई बधाई दिँदै नेपालमा व्यवसायिक र दक्ष लेखा परीक्षकहरूको अभाव खड्किरहेको बेला यसले त्यो अभाव परिपूर्ति हुने विश्वास व्यक्त गर्नुभयो । नेपालमा करिब ६ हजार बढी सरकारी संघ संस्थाहरूमा चार्टर एकाउन्टेट राख्न सम्भव नभएको र व्यवस्थित लेखा परीक्षण हुन नसकेको सन्दर्भमा यसमा अब सीएमएहरुको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले दिक्षित विद्यार्थीहरुको प्रशंसा गर्दै लेखा तथा व्यवस्थापन क्षेत्रमा नेपालले थप दक्षता हासिल गरेको बताउनु भयो । उहाँले भन्नुभयो,’तपाईहरु प्रोफेसनल अडिटर भइसक्नु भयो।’ उहाँले एकाउन्ट राम्रो नहुँदा पनि व्यवसाय धरासायी हुने भएकोले सीएमएहरुले व्यवसायलाई उकास्न सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘अडिड गर्ने काम सबैभन्दा कठिन काम हुँदा पनि तपाईहरु लाग्नुभएको छ, यो खुसीको कुरा हो।‘उहाँले आईसीएमए अस्ट्रेलियासँग सम्बन्धन राखेर हासिल गरेको ज्ञानले नेपाल लाभान्वित हुने उल्लेख गर्नुभयो । उहाँले राज्यले पनि प्रोफेसनल अडिटर उत्पादनमा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरजकृष्ण वैद्यले शैक्षिक,लेखा तथा व्यवस्थापन क्षेत्रमा नेपालीलाई थप दक्ष बनाउन आईसीएमए अस्ट्रेलियाले महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । त्यस्तै कार्यक्रममा नेपालका लागि आईसीएमए अस्ट्रेलियाका क्षेत्रिय प्रतिनिधि कुमार प्रसाद खतिवडाले विश्वव्यापी रुपमा अभ्यास भइरहेको लेखा तथा व्यवस्थापन विषयको अध्ययन अध्यापन नेपालमा समेत भित्र्र्याउन सक्नु निकै गौरवको कुरा भएको बताउनु भयो । उहाँले दिक्षित विद्यार्थीहरुले लेखा तथा व्यवस्थापनको क्षेत्रमा विशिष्टता हासिल गरि सकेको भन्दै छोटो अवधिमा यस कोर्षको महत्व बुझि धेरै विद्यार्थी जोडिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले भर्खरै सुरु गरेको कोर्षमा प्राप्त आर्कषण प्रति कृतज्ञता ब्यक्त गर्दर्छौ। आउँदा दिनहरुमा सबैको सहयोगमा संभावित ब्यक्ति तथा ब्यावसायिक प्रतिष्ठानहरुमा कार्यरत लेखाका प्रमुखहरुलाई यस कोर्षमा जोड्ने कोशिस रहने छ।’ उहाँले नेपालमै आईसीएमए अस्ट्रेलियाद्वारा सञ्चालित सीएमए कोर्ष अध्ययन अध्यापन हुँदा बौद्धिक दक्ष जनशक्ति उत्पादनले विदेश अध्ययनको लागि जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा अस्ट्रेलियाबाट भर्चुवल रुपमा विदेशी वक्ताहरुले समेत सीएमएको बारेमा धारणा राखेका थिए। त्यस्तै दिक्षीत भएकी विद्यार्थी प्रमिला थापाले आईसीएमए अस्ट्रेलियाले लेखा तथा व्यवस्थापन क्षेत्रमा नेपालीलाई थप दक्ष बनाउन सहयोग गरेको धारणा राख्नुभयो । त्यसैगरी कार्यक्रममा नेपाल अडिटर्स एशोसियशन अडानका अध्यक्ष केदारनाथ पौडेलले पनि लेखा परीक्षणमा सीएमए अध्ययन र त्यसको महत्ववारे आफ्ना धारणा राख्नु भएको थियो । दिक्षान्त समारोह अघि सम्पन्न भएको दुई दिने कार्यशाला गोष्ठीमा नेपालमा सीएमए शिक्षाको प्रभावकारिता र महत्वको बारेमा छलफल गरिएको थियो । कार्यशाला गोष्ठीमा पूर्व अर्थसचिव रामेश्वर खनाल तथा भारतबाट आएका आईसीएमए विज्ञहरुले सीएमए शिक्षाको अवस्था, आवश्यकता, प्रभावकारिता र महत्व लगायतको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । के हो सीएमए कोर्ष रु विश्वव्यापी रुपमा अभ्यास गरिने लेखा तथा व्यवस्थापन विषयको अध्ययन अध्यापन हो । यसलाई विश्वमा शैक्षिक क्षेत्रमा उच्च उपाधिका रुपमा लिइन्छ ।

सीएमए अध्ययनको लागि व्यवस्थापन तथा वाणिज्य संकायमा स्नाकोत्तर उतीर्ण गरी कम्तीमा ५ वर्षको व्यवसायिक अनुभव आवश्यक पर्छ । यस कोर्षको अवधि तीन वर्षको हुन्छ ।नेपालमा सीएमए अस्ट्रेलियाको अध्ययन अध्यापन सुरु भएको ५ वर्ष पुगेको छ । ५ वर्षको समयमा सीएमए प्रोग्रामले म्यानेजमेन्ट एकाउन्ट मात्र तयार गरेको छैन, यसले नेपालमा लेखा विज्ञहरुको लागि नयाँ ढोका पनि खोलिदिएको छ । अब नेपाली व्यवसायिक जगतमा फाइनानसियल एकाउन्टेन्टस मात्र होइन म्यानेजमेन्ट एण्ड कस्ट एकाउन्टेन्ट पनि त्यतिकै अपरिहार्य छ, भन्ने कुरा यो प्रोग्रामको लोकप्रियताबाट स्पष्ट भइसकेको बिज्ञहरुले बताएका छन् । विश्वमा सीएमएका थुप्रै प्रोग्रामहरु लागू भएका छन । खास गरी अमेरिका, बेलायत र अष्ट्रेलियाको सीएमए प्रोग्रामहरु विश्व बजारमा चिनिएका प्रोग्रामहरु छन् । कुनै इन्स्च्यिुटले कस्ट एण्ड म्यानेजमेन्ट एकाउन्टेन्टलाई सीएमए भन्छन, कसैले सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टलाई सीएमए भन्छन् । नेपालमा चलिरहेको प्रोग्राम भनेको सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टको प्रोग्राम हो । यो इन्स्च्यिुट अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्स ९आईसीएमए० अस्ट्रेलियाले नेपालमा संचालन गरेको कार्यक्रम हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -