गोरखा, १२ वैशाख २०७९ । नेकपा माओवादी केन्द्र गोरखाले ११ वटै पालिकामा प्रमुख, उपप्रमुखमा उम्मेदवारी दर्ता गराएको छ । गोरखा नगरपालिकाको मेयरमा कृष्ण राना र उपमेयरमा धना तमु कोईरालाले उम्मेदवारी दर्ता गराएका छन् ।
पालुङटार नगरपालिका मेयरमा बिवस चिन्तन, उपमेयर बन्दना पाण्डेले उम्मेदवारी दिएका छन् ।
भिमसेन थापा गाउँपालिका अध्यक्षमा लोकप्रसाद बञ्जरा, उपाध्यक्ष जुनु श्रेष्ठ, अजिरकोटमा दिपक देवकोटा, अनिता भुजेल, धार्चेमा लक्ष्मण गुरुङ, सुनिला गुरुङ, बारपाक सुलिकोटमा यस अघिकै अध्यक्ष बिष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ, गण्डकी गाउँपालिका अध्यक्षमा दिपक तिमल्सिना, उपाध्यक्ष पार्वती गुरुङ, शहीदलखन गाउँपालिका अध्यक्षमा रमेश थापा मगर र उपाध्यक्षमा इन्दिरा तिवारीले उम्मेदवारी दर्ता गराएका छन् । यी दुबै दोहोरिएका हुन् ।
आरुघाट गाउँपालिकामा ऋषि खनाल, पार्वती सापकोटा, सिरानचोक गाउँपालिका अध्यक्षमा नवराज पुडासैनी, पूर्णकुमारी कंडेल, चुमनुब्री गाउँपालिका अध्यक्षमा निमा लामा र उपाध्यक्षमा लक्ष्मी गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।