गोरखा, बुधबार, ९ चैत्र २०७८ । पालुङटार नगरपालिका वडा नम्बर- ६ ठुलोचौर स्थित लिगलिग शान्तिबाटिमा भगवान गौतम बुद्धको मुर्ति निर्माण सम्पन भएको छ ।
पालुङटार नगरपालिकाको गत बर्ष र चालु आर्थिक बर्षको गरेर जम्मा १४ लाख रकमा बुद्दको मुर्ति र पार्कको संरचना निर्मान गरिएको हो ।
मंगलबार एक कार्यक्रमको बिच बुद्धको मुर्ती अनावरण गर्दै पालुङटार नगरपालिकाका नगर प्रमुख इन्जिनियर दिपक बाबू कंडेलले भगवान गौतम बुद्धको जन्म नेपालमा भएको र नेपालको पहिचान झल्काउने बुद्धको मुर्ती निर्माण गरियको बताए । यस पार्क निर्माणले पार्क र लिगलिग जोड्न महत्वपूर्ण योगदान पुर्याउने र अहिले बढ्दो शहरीकरणले यो पार्कमा डिजाइन गरिएको खेल मैदानले बालबालिकाको लागी उपयुक्त रोजाई हुने प्रमुख कडेलले बताए ।
बुद्ध मूर्ति निर्माण र पार्क निर्माण भएसँगै नगरपालिकामा आन्तरिक तथा बाह्य पर्यटनको आगमन र यहाँको मनरम बातावरण अवलोकन गर्न सकिने छ ।
- ADVERTISEMENT -
बुद्धको सोच जस्तै पालूङटार नगरपालिकामा शान्ति र समृद्धि ल्याउन र बिकासको निम्ति आफू सधैँ लागिरहने नगर प्रमुख कंडेलले जानकारी दिए । उक्त कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष गोविन्द बराकोटी ,३ का वडा अध्यक्ष रेशम ब.अधिकारी ,वडा नं ९ का वडाध्यक्ष भेजराज पाण्डे र स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।