- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

देशभर १५ हजार वढी भूमिहिनलाई लालपूर्जा वितरण

March 18, 2022
674
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भक्तपुर, शुक्रबार, ४ चैत्र २०७८ । सरकारले गाँउब्लकमा रहेका १५ हजारवढी भूमिहिनलाई लालपूर्जा वितरण गरेको छ । कांग्रेस माओवादी, एकीकृत समाजवादी र जसपा सहभागी गठबन्धन सरकार निर्माण भएपछि मात्रै यो संख्यामा भूमिहिनले जग्गाको लालपूर्जा पाएका हुन् ।

माओवादी केन्द्रकी नेतृ समेत रहेकी भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले आफनो मन्त्रालयको पहिलो प्राथमिकता नै भूमिहिनलाई लालपूर्जा वितरण बनाएपछि उनी त्यसैमा सक्रियतापूर्वक लागिरहेकी छिन् ।

शुक्रवार मात्रै उनले भक्तपुरको मध्यपुर ठिमि नगरपालिको गाउँब्लकमा रहेका भूमिहिनलाई जग्गा धनी दर्ता प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरेकी हुन् ।

मध्यपुर ठिमि नगरपालिका वडा नंम्बर ६ र ७ तथा साविकको वडा नं. ६ र ८ को गाउँब्लकमा रहेका भूमिहिनहरुलाई लालपूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षसम्ममा गाउँब्लकमा रहेका सबै भूमिहिनलाई लालपूर्जा वितरण गरिसक्ने गरी काम सरकारले अगाडी वढाएको बताएकी थिइन् ।

- ADVERTISEMENT -

Advertisement

शुक्रवार उनले मध्यपुर ठिमि नगरपालिकाको गाउब्लकमा रहेका ४५६ घरपरिवारलाई लालपूर्जा वितरण गरेकी थिइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com