- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

उच्च अदालतको फैसलापछि कमल थापा राप्रपा नेपालमा रहँदैनन् – राणा

March 14, 2022
487
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौैं । राप्रपा नेपालका अध्यक्ष कमल थापामाथि राप्रपा नेपालका राष्ट्रिय अध्यक्ष प्रदीपविक्रम राणाले मुद्या हालेका छन् । राणाले आफू अझै पनि पार्टीको नेता भएको भन्दै आएका छन् ।

थापा अध्यक्ष भएको वैध नभएको भन्दै राणाले उच्च अदालत पाटन पुगेर मुद्या दायर गरेका हुन् । राणाले राप्रपा नेपाल आफूहरुको भएको पनि दाबी गरेका छन् । पार्टीमा कुनै निर्णय नै नभई तत्कालीन अध्यक्ष लाक्पा तामाङले थापालाई पार्टी बुझाएको उनको आरोप छ । ‘यो पार्टी हामीले बनाएका हौं, लाक्पालाई मात्र एकलौटी निर्णय गर्ने अधिकार थिएन’ राणाले भने ‘खोई, के लोभले थापालाई पार्टी बुझाए भन्नेमा अझैसम्म अन्यौल छ, त्यहाँभित्र पनि धेरै चलखेल भयो भन्ने सुनिएको छ ।’

राणाले राप्रपा नेपालका सबैजसो पदाधिकारी आफूसँग नै भएको दाबी गरेका छन् । पार्टी पद्धतिविपरीत जाने लाक्पा र अर्काको पार्टी कब्जा गर्न आउने कमल थापाविरुद्ध राणा खनिएका छन् । राणाले थापालाई हिम्मत भए अर्कै पार्टी खोलेर देखाउनसमेत चुनौती दिएका छन् । पार्टीमा विवाद भएपछि नै राणाले वालाजुमा केन्द्रीय कार्यालय स्थापना गरेका छन् । २०७३ सालमा भएको राप्रपाको एकता महाधिवेशनमा राणा अध्यक्षमा थापाको प्रतिस्पर्धामा थिए । त्यतिबेला पनि आफूले झण्डै एक हजार मत ल्याएको तर थापाकै सेटिङमा थोरै मत देखाइएको पनि राणाको आरोप छ ।

राणाले थापालाई आफ्नो पार्टीमा प्रवेश गर्ने ठाउँ नभएको भन्दै आएका छन् । उच्च अदालतबाट पार्टी आफूहरुले नै पाउने समेत राणाको विश्वास छ । ३० गते सोमबार उच्च अदालतले दुवै पक्षलाई बोलाएको छ । गत फागुन १ गते लाक्पाले थापालाई पार्टीको अध्यक्ष बनाएका थिए । राणाले शक्तिको आडमा थापाले राप्रपा नेपाल आफ्नो पक्षमा पार्न खोजे पनि त्यो सम्भव नहुने बताएका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com