- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

रुसले इन्स्टाग्राममा लगायो प्रतिबन्ध

March 14, 2022
528
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रुसमा आइतवार मध्यरातबाट इन्स्टाग्राममा प्रतिबन्ध लगाइएको छ । 

इन्स्टाग्रामको मातृ कम्पनी मेटाले युक्रेनी प्रयोगकर्ताहरूलाई रुसीहरूका विरुद्ध हिंसात्मक पोस्ट गर्न अनुमति दिएपछि रुसले प्रतिबन्ध लगाएको हो । 

रुसको सञ्चार नियामकले मानिसहरूलाई आफ्ना तस्वीर र भिडियो इन्स्टाग्रामबाट हटाउन भनेको छ । उनीहरूलाई रुसको आफ्नै प्रतिस्पर्धात्मक इन्टरनेट प्ल्याटफर्ममा राख्न पनि प्रेरित गरिएको छ ।

रुसले फेब्रुअरी २४ मा युक्रेनमागिथ आक्रमण गरेपछि मेटाले घृणास्पद अभिव्यक्ति सम्बन्धी नीतिलाई परिवर्तन गरेको छ । 

- ADVERTISEMENT -

Advertisement

रुसले इन्स्टाग्राम ब्लक गर्दा ८ करोड प्रयोगकर्तालाई असर पर्ने इन्स्टाग्राम प्रमुखले बताएका छन् । रुसी सञ्चारमाध्यमलाई पहुँच नियन्त्रण गरेको भन्दै रुसले फेसबूकलाई समेत प्रतिबन्ध लगाएको छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com