वीरगंज : नेपाली कांग्रेस बाराको सभापति पदमा राजेशराय यादवले एक हजार २०६ मत प्राप्त गरी  निर्वाचित भएका छन्। प्रतिद्वन्द्वी शम्भुबहादुर बुढाथोकीले एक हजार १५४ मत पाए।

प्रमुख निर्वाचन अधिकृत गङ्गेश्वरप्रसाद अधिकारीले निर्वाचनमा २९ मत भने बदर भएको जानकारी दिए। नवनिर्वाचित सभापति यादवले पार्टीका नेता तथा कार्यकर्ता सबैलाई मिलाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘स्थानीय तहका निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन मिलेर जानुपर्छ,’ निर्वाचित भएपछि यादवले भने।

पहिलो चरणको मतदानमा सभापतिसहित तीनवटै प्यानलका उम्मेदवारहरुले बहुमत हासिल गर्न नसक्दा अधिवेशन दोस्रो चरणको मतदानको प्रक्रियामा पुगेको हो।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्