स्याङ्जाको हरिनास गाउँपालिक वडा नम्बर ४ चित्रे स्थित श्री मातृभूमि मा .वि विधालय राजनैतिक पार्टीको अखडा बनेको छ ।
करिब दुई दिन देखि स्थानिय माओवादी पार्र्टीले प्र.अ सुशील चन्द्र न्यौपाने विरुद्ध न्यौपानेले कार्यकालमा भएका अनियमिताहरुको बारेमा ज्ञापान पत्र सहितको विधालयमै तालाबन्दी गरिएको थियो । दुई दिन जति तालाबन्दी रहेको विधालयमा आज गाउँपालिकाका अध्यक्ष खिम नारायाण मानन्धर ,प्रहरी लगायत अन्य व्यक्तिहरुको उपस्थितिमा स्कुलको तालाबन्दी हटाएको हो ।
उक्त विधालयको तालाबन्दी हटाउन गएका मानन्धरले बालबालिकाको भविष्यसँग खेलवाड नगर्न र शिक्षा लिने पवित्र स्थलमा राजनिति नगर्न आग्रह गर्दै जो कोहीको कमिकमजोरीहरु छानबिन गरेर कारवाही अगाडी बढाउने बताए । साथै स्थानियका अनुसार पूर्व प्र अ तथा स्थानिय मओवादीका अध्यक्ष नारायण सिग थापाले आफ्नो श्रीमतीलाई प्र अ बनाउन नपाएको रिसमा तालाबन्दी गरेको आरोप लगाएका छन् । यता विधालयका अभिभावकहरुले भने भेला भएर विधालय सञ्न्चालनको माग गर्दै आएका छन् ।
त्यसैगरि पूर्व प्र अ नारायण सिग थापाले , बर्तमान प्र अ सुशील चन्द्र न्यौपानले शिक्षकसँग संगठनको लागि चन्दा मागेको आरोप लागेका छन् तर बर्तमान प्र अ न्यौपानेले भने सम्बन्धित शिक्षकहरुले आफ्नै खुशीले संगठनलाई सहयोग गरेको बताएका छन् ।
- ADVERTISEMENT -