काठमाडौं – भारतको चेन्नाईमा रुला अवार्डस्को सहकार्यमा संचालन भएको एशियाको नम्वन् वन् ब्रान्ड एण्ड एक्सिलेन्स अवार्ड मानिएको एशिया अवार्डस्मा नेपालको फेसन डिजाइनिङ अध्यापन गराउने संस्था सेन्ट्रल फेसन हब पहिलो भई पुरस्कृत भएको छ । उक्त अवार्डमा सेन्ट्रल फेसन हब, एशियाज् वेष्ट फेसन डिजाइनिङ इन्स्टिच्युट अवार्डबाट पुरस्कृत भएको हो ।
उक्त अवार्ड संस्थाका संस्थापक निर्देशक,फेसन डिजाइनिङ ट्रेनर श्री नविन लुईंटेललाई प्रदान गरिएको हो । नेपाल पोशाक महासंघ र नेपाल फेसन डिजाइनर संघका अध्यक्ष समेत रहेका नविनले यस अघि इन्टरनेसनल इन्डिजिनियस आर्टस् एण्ड फेसन अवार्डस् २०२० मा फेसन इन्फ्लुएन्सर अफ द इयर अवार्ड समेत प्राप्त गरेका थिए ।
एशिया अवार्डस् जित्न सफल सेन्ट्रल फेसन हबले फेसन एण्ड अपरेल डिजाइनमा एक वर्षे डिप्लोमा कोर्षका साथै फेसन डिजाइनिङमा अन्य सर्ट टर्म कोर्ष पनि अध्यापन गराउँदै आएको छ । ललितपुर कुपण्डोलको हनुमानथान बाहेक सेन्ट्रल फेसन हब पोखरा, हेटौंडा, उर्लाबारी र विर्तामोडमा विस्तारित हाल भई कोटेश्वर अर्को ब्रान्च सहमेत खोल्दै छ ।
- ADVERTISEMENT -