- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गठबन्धनमा सहमति नजुटाई एमसीसी संसदमा लान खोजे सरकारबाट बाहिरिने माओवादी निर्णय

February 16, 2022
418
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, बुधबार, ४ फागुन २०७८ । सरकारमा रहेको दल नेकपा माओवादी केन्द्रले यथास्थितिमा एमसीसी सम्झौता अनुमोदन नगर्ने निर्णय गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले गठबन्धनमा सहमति नजुटाई ‘बलजफ्ती’ एमसीसी अनुमोदन प्रक्रिया अगाडि बढाए सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

एमसीसी सदनमा लैजानु अगाडी स.सदको जारी अवरोध खोल्नुपर्ने माओवादी केन्द्रको पहिलो मत छ । त्यसपछि पनि राष्टिय सहमति बनाउनुपर्ने उसले बताउँदै आएको छ । प्रतिपक्षी दल नेकपा एमाले गैह जिम्मेवार भएपनि कम्तीमा सत्ता गठबन्धन दलमा सहमति जुटनुपर्ने माओवादीको धारणा छ । तर सत्तागठबन्धन दलमा सहमति विनै एमसीसी सदमा लैजाने गरी कांग्रेस तथा प्रधानमन्त्री लागेमा सरकारबाट वाहिरिने निर्णयमा माओवादी पुगेको माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बताउनु भयो ।

‘पहिलो, संसद्को अवरोध अन्त्य भई संसद् सुसञ्चालन नभएसम्म एमसीसीजस्तो राष्ट्रियतासँग सम्बन्धित दूरगामी महत्त्व राख्ने मुद्दामा बहस र निर्णय प्रक्रिया अगाडि बढ्न सक्दैन, दोस्रो संशोधन गरेर सम्झौता स्वीकार गर्ने प्रस्ताव राखिएकामा अमेरिकाले संशोधन नगर्ने भनेकाले यथास्थितिमा सम्झौता स्वीकार गर्न मिल्दैन । तेस्रो, प्रधानमन्त्री र कांग्रेसले जोरजबर्जस्ती गर्दै सहमतिबेगर अगाडि बढाई पारित गरेमा गठबन्धन र सरकारमा हाम्रो सहभागिता रहने छैन।’ माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भन्नुभयो ।

अमेरिकाले सम्झौतामा परिमार्जन हुन नसक्ने र फागुन १६ सम्म पारित नभए सम्झौता रद्द हुने ‘अल्टिमेटम’ दिएपछि दबाबमा परेका प्रधानमन्त्री बुधबार नै टेबल गर्ने तयारी गरेका छन् । सत्ता गठबन्धन दलभित्रै सहमति नबनेको र खटपट देखिएकोले एमसीसी आज संसदमा टेवुल होला या नहोला सर्वत्र चासो छ ।

- ADVERTISEMENT -

Advertisement

माओवादीले यस विषयमा थप छलफल गर्न अहिले विहान संसदीय दलको बैठक बोलाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com