- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेविसंघका नेता राहत लिएर विद्यार्थीका डेरा डेरामा

April 29, 2020
1135
Shares
- ADVERTISEMENT -

काठमाडौं, १७ बैशाख २०७७ । राहत लिएर विद्यार्थीको डेरा पुगेका छ्न ।

नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष रामप्रसाद अधिकारी र पुर्व केन्द्रिय सदस्य रत्नहरी ढुंगेल खाद्यान्नका पोका बोकेर विभिन्न जिल्लाबाट काठमाडौं डेरा गरी बस्ने दर्जनौं विद्यार्थीको डेरा डेरामा पुग्नु भएको छ ।

- ADVERTISEMENT -

Advertisement

लकडाउनका कारण घर फर्कन नपाएका तथा खर्चको अभावमा समस्याग्रस्त विद्यार्थीहरुलाई दाल , चामल , नुन , तेल , चिनी , चियापत्ती र आलु जस्ता खाद्यान्न उपलब्ध गराएको नेता अधिकारीले जानकारी दिनुभयो ।

समस्यामा परि हामी संग सहयोगको आग्रह गर्ने साथिहरुका लागि आवस्यक सामाग्री बोकेर हामी उहाँहरुको डेरा नै पुग्ने गरेका छौँ, भन्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

केही दिनदेखि राहत वितरण प्रकिया चलिरहेको छ, अझै केही दिन जारी राख्छौं, अधिकारीले भन्नुभयो ।

हालसम बौद्ध, जोरपाटी, चावहिल, मैतिदेवी , बानेश्वर , अनामनगर, डिल्लिबजार , वालुवाटार र बिशालनगरका १ सय २३ विद्यार्थीलाई राहत उपलब्ध गराइसकेका छौँ, उहाँले भन्नुभयो ।

स्थानीय निकायहरु राजनिती स्वार्थमा लिप्त छन् ।

उनीहरुले बाहिरका विद्यार्थी मजदुर भन्दापनी आफ्ना मतदानहरुलाइ प्राथमिकता राख्ने भएकाले विद्यार्थीको समस्या सकि नसकि हामिले नै समाधान गर्नुपरेको नेता ढुंगेलले बताउनु भयो ।

उनीहरुले बिगत ३ दिनदेखी खाद्यान्न तथा राहत वितरण कार्य गर्दै आएका छन् । अझै एक दुई दिनसम्म जारी राख्ने बताउदै उक्त राहत सामाग्री कतै आफैं आफैं जुटेर उपलब्ध गराउदै आएका छौ ।

कतै समाजसेवी दाता मार्फत उपलब्ध गराएका बुझिएको छ । ” यो सबैले सबै स्वार्थ भन्दा माथी उठेर सकेको मानवीय सेवामा जुट्नुपर्ने बेला हो”, नेता अधिकारीले भन्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com