- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

श्रमिकलाई कि खान दिनुस् कि गाउँ जान दिनुस् : देउवा

April 25, 2020
703
Shares
- ADVERTISEMENT -

काठमाडौँ, १३ बैशाख २०७७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री के पी शर्मा ओलीबीच प्रधानमन्त्रीबीच बालुवाटारमा भेटघाट सम्पन्न भएको छ । भेटका क्रममा सभापति देउवाले प्रधानमन्त्री समक्ष आफ्नो धारणा प्रस्तुत गर्नु भएको एक बिज्ञप्ति मार्फत उल्लेख गर्नु भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बिज्ञप्तिमा भनिएको छ, दुबै अध्यादेश फिर्ता लिएर गल्ती सच्याउनु भएकोमा धन्यवाद दिनु हुदै, एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कार्वाही गर्नुपर्ने माग गर्नुभयो । देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कार्वाही हुनुपर्छ ।

- ADVERTISEMENT -

Advertisement

ब्यापक परिक्षण अहिलेको आवश्यकता हो । समुदाय स्तरमा व्यापक परिक्षण गर्न ढिलो नगर्न आग्रह गर्नु भयो । स्वास्थकर्मीहरुलाई पीपिइ लगायतका सामग्री अझै पर्याप्त पुगेको छैन । यथासिघ्र पु¥याउनु प¥यो । स्वास्थकर्मीलाई हतोत्साहित गर्न खोज्ने काम कतिपयले गरेको सुनिन्छ, त्यसलाई तुरुन्तै रोक्नुपर्छ, बिज्ञप्तिमा भनिएको छ ।

नोबेल कोरोना भाइरसका कारण देश लकडाउनमा भएको आजको जटिल परिस्थितिमा निम्नआय भएका ब्यक्ति, बिधार्थी, बिपन्न परिवार, मजदुर लगायत पिडामा रहनु भएका परिवारलाई तत्काल राहत प्रदान गर्न आग्रह गर्नु भयो । साथै, पुग्नु पर्ने जनता समक्ष नपुगेको बताउनु भयो ।

- ADVERTISEMENT -

Advertisement

श्रमिक, बेरोजगार, विद्यार्थी र साना ठुला सबै ब्यवसायीका लागि तत्काल अर्को प्याकेज ल्याउनु पर्ने जोड दिदै बिदेशमा रहेका नेपालीलाई तत्काल उद्दार योजना सार्वजनिक र कार्यान्वयन गर्न आग्रह गर्नु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com