- ADVERTISEMENT -
- ADVERTISEMENT -

गोरखाको च्याङ्लीमा हुरीबतासका कारण करोडौंको नोक्सान

April 19, 2020
1304
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गोरखा, ७ बैशाख २०७७ । गोरखा जिल्लाको पालुङ्टार नगरपालिका वडा नं ७ च्याङ्ली मा बर्षा र हुरीबतासका कारण पचासौं घर र फलफूल मा क्षति पुग्दा करोडौंको नोक्सानी भएको छ ।

एक्कासी आएको हुरीबतास संगै बर्षा हुँदा च्याङलीका ५० बढी घरको छाना उडाएको छ भने हजारौं रोपनी मा लगाइएको केरा तथा लिचीका बोटहरु भाँचिएर क्षति पुगेको छ । अहिले घरको क्षति मात्र निरीक्षण् गरिएको र कृषि तर्फको क्षति कृषि प्राविधीकको साथमा गरिने पालुङ्टार नगरपालिकाका नगरप्रमुख इ। दिपकबाबु कंडेलले बताउनुभयो ।

क्षति भएको खबर पाएलगत्तै पालुङ्टार नगरपालिकाका नगरप्रमुख ई दिपकबाबु कंडेल क्षतिको विवरण लिन इलाका प्रहरी कार्यालयको टोलीसहित च्याङ्ली आइपुग्नुभएको थियो । विहानै देखि नगरप्रमुख कंडेल र वडा नंं ७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठ मुचुल्का गर्न र राहत वितरण को लागि दिनभर खटिएका थिए । क्षति भएका हरेक घरमा पुगेर फर्केपछि नगरप्रमुख कंडेल र वडाध्यक्ष श्रेष्ठको पहलमा जिल्ला रेडक्रस शाखा गोरखाबाट त्रिपाल ल्याएर बितरण गरी फर्केका थिए ।

आज गरिएको निरीक्षणमा १३ घरका छाना पूर्ण क्षति भएको पाइएको छ भने बाँकी आँशिक क्षति भएको पाइएको छ । क्षति निरीक्षणका क्रममा नगरप्रमुख तथा वडाध्यक्षसंगै इलाका प्रहरी कार्यालय ठाँटीपोखरी, अस्थयी प्रहरी पोष्ट बिरुवाटार, संचारकर्मी लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

अधिकाँश किसानहरुका बारीमा लगाइएको केरा तथा लिची का बोटहरु भाँचिएका छन भने केही लिचीका बोटहरु उखेलिएका छन । केरा तथा लिचीको क्षतिका विषयमा पछि कृषि कार्यालयसँग समन्वय गरी के कसरी राहत प्रदान गर्न सकिन्छ छलफल गर्ने नगर प्रमुख कंडेलले बताउनुभयो ।

त्यसैगरी, च्याङ्ली स्वास्थ्य चौकी भवनको पनि छाना उडाएको स्वास्थ्य चौकीका इन्चार्ज भरतराज पाण्डेले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -