जापान, ७ बैशाख २०७७ । नेपाली जनसम्पर्क समिती जापानले नोबेल भाइरस विरुद्ध सुचना प्रवाह समिति गठन गरेको छ । बिश्वब्यापी महामारीको रूपमा फैलिदै गएको नोबेल कोरोना भाइरसका कारण बिश्वमा नै जनजीवन अस्तब्यस्त एब असुरक्षित बनाएको छ ।
नेपाली जनसम्पर्क समिती जापानले आज एक अपिल पत्र जारी गर्दै आजको जटिल परिस्थितिमा सम्पुर्ण नेपालीजन जो जापानलाई कर्मभुमी बनाउनु भएको अवस्थामा जटिल समयमा जापान पनि कोरोना भाइरसबाट अछुतो रहन सकेन ।
आजको दिनमा जापानमा एक महिला र एक पुरुष कोरोना भाइरसबाट संक्रमित भएता पनि महिला उपचारपछि घर फर्कनु भएको छ भने एक पुरुषको उपचार भइरहेको स्मरण गराउदै नोबेल कोरोना भाइरसको जनचेतनामूलक सुचना प्रवाह समिति गठन गरि जापानको कान्तो, किता-कान्तो, निगाता, शिजुओका, होकुरिकु, कान्साइ, हिरोशिमा, फुकुओवा तथा तोहोकुमा बसोबास गर्दै आएका नेपालीहरुको सजकताका लागि सम्पर्क ब्यक्ती तथा सम्पर्क नम्बर सार्बजनिक गरिएको छ ।
आजको दिनसम्म जापानमा भयावह स्थितीदेखा नपरेता पनि जापानमा दिन प्रति दिन नोबेल कोरोना भाइरसको संक्रमितको संख्या बढदै जादा हामीलाई आकान्त बनाएको हुँदा सम्पुर्ण जापानबासी दाजुभाई, दिदि बहिनी लगायत सम्पूर्णमा उच्च सतर्कता अपनाउन नेपाली जनसम्पर्क समिती जापनले अपिल गरेको छ ।