तनहुँ, ६ बैशाख २०७७ । नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले आफ्नो गृह जिल्ला तनहुँका ५ स्थानीय तहलाई कोरोना नियन्त्रण सम्बन्धी विभिन्न स्वास्थ्य उपकरणहर हस्तान्तरण गर्नु भएको छ ।
काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता पौडेलले तनहुँका ५ स्थानीय तह शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, रिसिङ्ग गाउँपालिका, घिरिङ्ग गाउँपालिका, म्याग्दे गाउँपालिकालाई थर्मगन, सर्जिकल मास्क, पिपिई रडिजिटल थर्मोमिटर लगायतका सामग्री आज हस्तान्तरण गर्नु भएको हो ।
नेता पौडेलले आफ्नो सर्कलमा रहेका साथी भाइ तथा शुभचिन्तकहरुबाट सहयोग सामाग्री जुटाएर गृह जिल्ला तनहुँमा वितरण गर्नु भएको थियो ।