- ADVERTISEMENT -
- ADVERTISEMENT -

जापान सरकारले देशमा पूर्ण आपतकालिन घोषणा

April 17, 2020
619
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, ५ बैशाख २०७७ । कोरोना भाइरसको जोखिम बढेपछि जापान सरकारले देशमा पूर्ण आपतकालीन अवस्था घोषणा गरेको छ । त्यहाँको सरकारले आगामी मे ६ सम्म देशव्यापी आपतकालीन घोषणा गरेको हो ।

जापानका प्रधानमन्त्री शिन्जो आबेले यसअघि अप्रिल ८ देखि सात क्षेत्रमा एक महिनाका लागि आपतकालीन अवस्था घोषणा गरेका थिए । तर त्यसको एक साता बित्ने बितिकै प्रधानमन्त्री आबेले पूर्ण देशलाई आपतकालीन घोषणा गरेका हुन् ।

जापानमा कोरोना भाइरसको संक्रमण लगातार बढ्ने क्रम जारी छ । जापान सरकारको यो घोषणा सँगै भर्नरहरुले नागरिकलाई घरमै बस्ने आदेश दिनेछन् ।

जापानमा हालसम्म ९ हजार २३१ जनामा कोरोना संक्रमण भएको पुुष्टी भएको छ । जसमा १९० जनाको ज्यान गइसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -