काठमाडौं, ४ बैशाख २०७७ । नेपाली काङ्ग्रेसका युवा नेता, पुर्ब स्वास्थ्य मन्त्री तथा सांसद गगन थापाले जनताको आँसुले एक दिन पोल्ने बताउनु भएको छ । बिश्वब्यापी रूपमा फैलिएको नोबेल कोरोना भाइरसका कारण देश पुर्ण रुपमा बन्दाबन्दी भएको आजको अवस्थामा ज्याला मजदुर गरेर जीवनयापन गर्न कठिन भएको छ ।
आज सामाजिक संजाल सांसद गगन थापा फेसबुकमा लेख्नु हुन्छ :
प्रधानमन्त्रीज्यू, दिनहुँ यस्ता तस्बिर देख्दा तपाईंलाई कस्तो लाग्छ ? मलाई त म यिनको प्रतिनिधि हो भन्ने सोच्दा लज्जाबोध हुन्छ । यस्तै हालमा यिनलाई छाडेर हामी जोगिनुको के अर्थ !
केही नगर्ने हो भने यिनको आँसुले पोल्नेछ । यिनको व्यवस्थापनका उपाय छन् । हामी छलफल गर्न चाहन्छौं ।बोलाउनुस,मिलेर काम गर्न आग्रह गर्नु भएको छ ।