- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

लकडाउनमा कडाई : उल्लङ्घन गर्नेलाई अब थुनामा राखिने

April 16, 2020
778
Shares
- ADVERTISEMENT -

काठमाण्डौँ, ४ बैशाख २०७७ । लकडाउन उल्लङ्घन गर्ने व्यक्तिलाई अब थुनामा समेत राखिने भएको छ । बुधबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्स्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरेको हो ।

लकडाउनको अवसरमा पनि मानिसहरूको आगमन बाक्लो भएसँगै सरकारले लकडाउन प्रभावकारी बनाउन यस्तो निर्णय गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

अनावश्यक आवागमन गर्ने व्यक्तिलाई कडा निगरानी गर्ने र लकडाउन कार्यान्वयनमा अवरोध गर्नेलाई थुनामा राख्नेसम्मको कारबाही गर्ने निर्णय गरेको हो ।

समितिकै बैठकले संक्रमण फैलिन नदिन लकडाउनलाई प्रभावकारी बनाउन अनावश्यक आवागमन गर्नेलाई ‘संक्रमण रोग ऐन–२०२०’ अनुसार थुनामा राख्ने सम्मको कारबाही गरिने निर्णय गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

ऐन अनुसार अनुसार लकडाउनको अवज्ञा गर्ने व्यक्तिलाई न्यूनतम एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ भने ऐनको उल्लङ्घन गर्नेलाई अधिकतम छ महिनासम्म कैद वा छ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । कसुरमा कारबाही वा किनारा गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई रहेको छ ।

त्यस्तै जोखिम बढ्दै गएको निष्कर्ष निकाली परीक्षण पहिचान र उपचारलाई प्रभावकारी ढंगले अगाडि बढाउने निर्णय पनि समितिले गरेको छ ।

त्यस्तै, काठमाडौं जिल्ला प्रशासनले सवारी पासको माग अत्यधिक बढ्नुका साथै भीडभाड बढेकोले लकडाउन समेत उल्‍लंघन हुने अवस्था भएकाले पास वितरण बन्द गरेको छ।
परिवारको मृत्यु सदस्यको संस्कारमा जानेबाहेक अन्य प्रयोजनको लागि सवारी पास वितरणमा बुधबारदेखी रोक लगाएको छ ।

कोरोना रोकथामको लागी सरकारले चैत ११ गतेबाट लगाएको लकडाउन लम्ब्याएर बैशाख १५ गतेसम्म पुर्याइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com