- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गोरखाका ८ वटा स्थानीय तहहरुलाई थर्मल गन बितरण

April 14, 2020
870
Shares
- ADVERTISEMENT -

गोरखा २ बैशाख २०७७ । बिश्वभर महामारीको रुपमा फलदै गएको नोबेल कोरोना भाइरस (कोभिड १९ ) का बिरुद्ध लड्न गोरखाका ८ वटा स्थानीय तहहरुलाई ज्वरो नाप्ने उपकरण (थर्मल गन ) बितरण गरिएको छ ।

आज मंगलबारका दिन युएनडीपिले गोरखा तथा पालुङटार नगरपालिका, धार्चे, सिरानचोक, गण्डकी, आरुघाट, शहिदलखन र अजिरकोट गाउपालिकासहित ८ वटा पालिकालाई थर्मल गन बितरण गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

उक्त थर्मल गन गोरखा जिल्ला अस्पताललाई सहित नगरपालिकालाई १६ थान, पालुङटार नगरपालिकालाई १२ थान, शहिदलखन १० थान, आरुघाट १० थान, गण्डकी ९ थान, धार्चे ८थान, सिरानचोक ८ थान र अजिरकोट गाउँपालिकालाई ६ थान थर्मल गन उपलब्ध गराइएको नेपाल आवास पुनर्निर्माण परियोजना गोरखाका जिल्ला संयोजक राम सापकोटाले जानकारी दिनुभयो ।

जिल्ला भित्र बाँकी रहेका ३ वटा स्थानीय तहहरुमा भोलीसम्म उपकरण बितरण गरिसक्ने उहाँले बताउनुभयो । थर्मल गन प्राप्त भएसंगै पालिका भित्रका स्वास्थ्य संस्थाहरुमा कोरोनाको आशंका गरिएका बिरामीको ज्वरो परीक्षणका लागि स्वास्थ्यकर्मीहरुलाई सजिलो भएको शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

‘गाउँपालिकाले पनि खरिदका लागि प्रयास गर्दै आएको थियो, बजारमा यसको अभावका कारण भनेको समयमा उपलब्ध गराउन सकिएको थिएन, युएनडिपीले सहयोगले सजिलो भएको छ ।’ यस अघि पनि युएनडिपीले जिल्ला भित्रका सवै स्थानीय तहहरुलाई सर्जिकल मास्क पनि बितरण गरेको थियो, उहाँले भन्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com