- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

लकडाउन लम्ब्याउने सरकारको तयारी, आज मन्त्रिपरिषदको बैठक

April 14, 2020
513
Shares
- ADVERTISEMENT -

काठमाण्डौँ, २०७७ वैशाख २ गते मंगलबार । नेपालमा लगातार कोरोना संक्रमित बढेसँगै सरकारले अझै एकहप्ता अर्थात् बैशाख १० गतेसम्म लकडाउन लम्ब्याउने तयारी गरेको छ । सरकारले दोस्रो पटक थप गरेको लकडाउन अवधी बुधबार अर्थात भोली बैशाख ३ गते सकिँदैछ ।

सरकारले तेस्रो पटक वैशाख १० गतेसम्म लकडाउन लम्ब्याउने तयारी गरेको छ । नोबेल कोरोना भाइरस कोभिड–१९ लगायत देशकोे पछिल्लो अवस्थाको विषय छलफल गर्न आज मंगलबार बिहान ११ बजे बस्ने मन्त्रिपरिषद् बैठक बोलाइएको छ । सम्भवत मन्त्रिपरिषद भोलीको बैठकले लकडाउनको समयावधि बढाउनेछ । सरकारले तेस्रो पटक एक हप्ता लम्ब्याएमा वैशाख १० गते लकडाउनको अवधी एक महिना पूरा हुनेछ ।

- ADVERTISEMENT -

Advertisement

सरकारले पहिलो पटक चैत्र ११ गते देखि साताव्यापी लकडाउनको घोषणा गरेको थियो । त्यपछि आठ दिन थपेर चैत २५ गतेसम्म कायम गरिएको थियो ।

नेपालमा आजसम्म १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो ९ दिनसम्म नयाँ सङ्क्रमित फेला नपरेकामा आइतबार एकैदिन ३ जना र सोमबार (आज) दुई जना नयाँ सङ्क्रमित थपिएका छन् ।

- ADVERTISEMENT -

Advertisement

त्यस्तै आजै काठमाडौँको काडाँघारीस्थित सनसिटी अपार्टमेन्टमा रहेको एकै परिवारका तीन जनामा कोरोना पोजेटिभ देखिएको छ । अपार्टमेन्टको १५औँ तलामा बस्दै आएका आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो। उनीहरुलाई थप उपचारको लागी नियन्त्रणमा लिएर पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । उनीहरुको थ्रोट स्वाब लिएर थप परीक्षणका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । यदि टेकुमा स्वाब परिक्षण पोजेटिभ आएमा नेपालमा कोरोना संक्रमितको संख्या १७ पुग्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com