- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नयाँ वर्षको पहिलो दिन बाजुराबाट हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

April 13, 2020
560
Shares
- ADVERTISEMENT -

बाजुरा, १ वैशाख २०७७ । नयाँ वर्षको पहिलो दिन बाजुराबाट हेलिकप्टरमार्फत सुत्केरीको उद्धार गरिएको छ । जिल्लाको स्वामिकार्तिक गाँउपालिका– १, साप्पाटा मुक्तिकोटबाट एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

रक्तश्रावसहित जटिल स्थितिमा सुत्केरी भएर छटपटाइरहेकी स्थानीय ३५ वर्षीया सुपारी बिकलाई आज बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिनुभएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको पहलमा सो उद्धार गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

गाँउपालिका अध्यक्ष चिरिञ्जीवि शाहीले सुत्केरीलाई बाँकेको कोहलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएको जनाउनुभयो ।

आइतबार बिहान घरमै एक बच्चा जन्माएकी बिकको पेटमा अर्को बच्चा पनि हुन सक्ने साप्पाटा स्वास्थ्य चौकी इन्चार्ज बिर्ज बिकको भनाइ छ । जिल्लामा अत्याधिक रक्तस्रावका कारण यसअघि पाँच जना सुत्केरीको मृत्यु भइसकेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com