- ADVERTISEMENT -
- ADVERTISEMENT -

कतारमा कोभिड-१९ बाट १ को मृत्यु, २ सय ५१ जना नयाँ संक्रमित भएको पुष्टि

April 12, 2020
586
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

दोहा, ३० चैत २०७६ । कतारमा विश्व महामारीको रुपमा रहेको कोरोना भाईरस (कोभिड-१९) बाट आज थप १ को मृत्यू भएको छ भने आज थप २ सय ५१ जना नयाँ संक्रमित भएको पुष्टि भएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या २ हजार ९ सय ७९ जना पुगेको छ । अहिले सम्म ७ जनाको मृत्यू भएको छ भने ३७ जनाको अवस्था गम्भीर रहेको छ।

त्यसैगरी, आज मात्र थप २८ जनाले पूर्ण स्वास्थ्य लाभ गरेका छन् । यो संगै अहिले सम्म पूर्ण निको भएर घर फर्कनेको संख्या २ सय ७५ जना पुगेको छ । आज सम्म ४९ हजार १ सय २ जनाको जाँच भएको छ ।

कतारमा संक्रमति लक्षण देखिएका विरामीहरुलाई निकै तदारुपताका साथ तत्काल परिक्षण गरिने गरेको छ। यसका लागि देश भर सरकारी, स्थानीय एवं नेपाली लगाएत आप्रवासीहरुलाई स्वयंसेवकका रुपमा खटाई अभियान नै चालेर सचेतना गराइएको छ। तसर्थ शुरुवातिमै उपचार पाएको हुँदा मानवीय क्षति नगन्य अवस्थामै निकै न्यून रहेको छ।

अहिले सम्म कति जना नेपाली कोरोनाबाट संक्रमित भएका छन् या छैनन् भन्ने तथ्याङ्क बाहिर नआएपनि कुनै पनि नेपाली आइसियू तथा चिन्ताजनक र मृत्यू भएको छैन।
केहि कतार सरकारको क्वारेन्टाइन रहेका नेपालीहरु खुशी नै भएको र मोबाइल लगाएतको सबै सुविधा भएको हुँदा कुनै समस्या देखिएको छैन।

सबै जना आ-आफ्नो परिवारसंग निरन्तर सम्पर्कमा रहेको जानकारी उक्त नेपालीहरुले राजदूतावासलाई फोन गरेर गराएका छन्। नेपाली राजदूतावासले खाद्यान्न सामाग्री वितरणको तयारी गरेको छ । अहिले सम्म २५ वटा समुहको तथ्यांक आएको हुँदा दूतावासले उनीहरुलाई खाद्य सामग्री वितरण गर्ने छ भने थप तथ्यांक सकलन गरिरहेको दूतावास स्रोतले बताएको छ। आएका तथ्यांकबाट पहिलो चरणमा संबन्धित कम्पनीहरुलाई आग्रह गर्ने तर यसरी पनि समस्या समाधान नभएमा दूतावासले सहयोग गर्ने गर्नेछ। दूतावासले ४ जना कर्मचारी खटाएर निरन्तर नेपालीहरुको समस्याका विषयमा तथ्यांक संकल गरिरहेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -