- ADVERTISEMENT -
- ADVERTISEMENT -

लकडाउनको मेरो नयाँ वर्ष

April 12, 2020
982
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

यो सालको मेरो ‌नयाँ वर्ष आज कालो बादलले छेकिरहेको छ । शहरभरि मान्छे भएर नि यो सुनसान शहर त्यति नै शुन्री भएका छन मेरो मन प्रत्येक दिन ।

खाली पेट, रित्तो खल्ती, ती पुराना तिता मिठा अतितका यादहरु अनि मेरो बिना कामको थकित शरीर,निदाउन नसकेका नयनहरु सगै एकदम बिचोलिरहेको छ,सगै मेरो मन पनि,!

जति हेरेपनि धित नमर्ने ति हरियाली पाखा पखेराहरु वनभरि फुलेका ति सिमलको फुलले गाउँलाई सजिएर नयाँ वर्ष कुरिरहेको होला । मयुरको नाच संगसंगै कोइलीको कूहू,कूहू गर्दै बसन्त ऋतुलाइ स्वागत गर्दै अनि खोलापारिको मन्दिरमा लाग्ने नयाँ वर्षको मेलाका लागि गाउँका भाइ बहिनीहरु पैसा जम्मा गर्दै होलान ।

गाउँघरमा गहुँ काट्न र बारीमा मल छरेर मकै छर्न धमाधम छ रे, आमाले फोन गरेर भन्दै हुनु हुन्थियो । मलाई असाध्यै मन पर्ने बसन्त ऋतु वर्ष भरिका तिता मिठा यादहरुलाइ समाल्दै नयाँ उषाका किरण संगसंगै अवसरहरु पछियाइ रहेको अनि साथीसंगीसंग घुम्नको लागि त्यो ठाउँ यो ठाउँ भन्दै रमाइलो पलहरु, वर्षमा एक पटक नयाँ वर्षको दिन मात्र फुल्ने फूल र मेला लाग्ने फुलवारीको मेला अनि महिना भरि लाग्ने शम्भु नाथको मेला अब त सुनसान भएका छन् रे

गाउँ भरिका साथीसँग सिमलको फुलमा रमाउन व्यस्त हुने म , एकछिन घरमा बस्न नसक्ने म, झन् यो बेला के बस्न सक्थें र ! हिजो शनिबार कहिले आउला भनी दिन गनेर बस्थे । यो लकडाउनले शुक्रबार पनि शनिबार जस्तो लाग्छ । आइतबार पनि शनिबार जस्तो, मंगलबार पनि शनिबारै जस्तो, दिन बार गते सबै बिर्से जस्तो !

आज अचानक आकाश गज्रियो, म हतार हतारले छत माथि गए, कालो बादल संगसंगै बादल पारीको देशमा दुई वटा जहाज उडे, थाहा छैन त्यो जहाज फर्कि आउछ या आउदैन् ।

हिजो ठुला ठुला सपनाहरु देख्ने, अनि पैसाको पछाडी दौडनेहरु आज यो सुनसान सहर देख्दा सबै मानिसको सबैभन्दा ठूलो सपना बाच्नु पो रहेछ । हिजो समय संगसगै चल्ने संसार आज कोरोना भाइरस संगसगै चलिरहेको छ ।
हात हतियारले जित्ने ठूला ठूला देशहरू आज तेस्रो विश्व युद्ध चलिरहेछ अनि लड्दैछन् त
केबल डाक्टर,नर्सहरू , सुरक्षा दिदै प्रहरी अनि सुचना दिदै पत्रकार ।

अहिले समय फेरिएको छ । अनि, मेरो जिम्मेवारी पनि थपिँदै जादैछ । केही सपना देखेर गाउँदेखि शहर झरेकी अझै भनौं मेरो गाउँको बस्तीबाट डाँडापारीको शहरको बस्तीको एक कोठाभित्र छु , अहिले र फेरि फर्किएर नियालिरहेको छु ।

ति नयाँ वर्ष, सम्झिदा मात्रै पनि मनमा आनन्द मिल्छ । ति नयाँ वर्षका उर्जा संगसगै विहानीको सुर्योदयको नयाँ उर्जालाई समेटेर सामाजिक कामको दुनियाँमा व्यस्त तर, यो वर्षको उर्जा कालो बादल संगसंगै यि पानीका थोपाहरूले बगाएर लगिदियो । कहिलेकाँही दिक्दारी लागेर आउँछ । बुझ्दा बुझि नसक्नुको छ । सम्झिदा नसम्झिसक्नुको छ यो‌ जिन्दगी ।

हिजो सरकारले दुई दिनको लागि भ्याली बाहिर जान दिने भन्ने अनलाइनखबरमा देखे म धेरै खुसी भए सुन्न साथ आमालाई फोन गरेर भोलि म आउँदैछु । यसपालिको नयाँ वर्ष सबैजना घरमै बसेर मनाउनु पर्छ है ! आमा खुशी हुदै भन्नु भयो ल ल आइज घरमा कति काम छ । गाउँमा सबैले मल बोकेर मकै छरि सके । फोन राखेर मैले सामान प्याक गरे तर, केही समयमा सरकारले सुचना निकाल्यो आयो । भोली र पर्सी खुल्ने बन्द झुटो हो । म झसंग भए नयाँ वर्षमा घर जाने सपना संगसंगै पटाएर राखेका लुगा सबै छरपस्ट पारिदिए र आमालाई फोन गर्दै भने आमा भोली र पर्सी खुल्ने बन्द झुटो रहेछ म पछि फोन गर्छु है भनेर फोन काटेर फेसबुक हेरे बन्दको खबर सरकारले अप्रिल फुल मनायो भन्दै सामाजिक संजाल रङ्गिएको थियो ।

दुनियाँमा सबै कुरा सम्भव हुदैन रहेछ तर हावाको पङ्खीको सहायताले उड्ने हवाइजहाज पनि म जमिनमा सहजै अवतरण हुन्छु भनेर आकाशमा यात्रा गर्छ तर, के थाहा जब उ आफ्नो गन्तब्यमा नपुग्दै आकस्मिक दुर्घटनामा पर्छ स्वयम यस्तै हो जिन्दगीको गोरेटो, चाहेर पनि हरेक कुराको परिबन्धनले फसाउछ । कुनै कुरा टाढाबाट जस्तो देखिन्छ सायद त्यसको नजिक जादाको बास्तबिकता धेरै फरक अनि अलग हुदो रहेछ ।

आज नेपालमा लकडाउन १९ औं दिनमा छ । कलेज बन्द छ । दिनभरि कोठामै बसेको छु । यताउता जाने अवस्था छैन । यहाँ काम गरेर खाने मजदुरहरुलाइ अहिले जिउन नै मुस्किल छ । सिमानामा कयौँ नेपालीहरु अलपत्रमा छन् तर, सबै चुपचाप बस्न बाध्य, गुनासोहरु धेरै छन् ।

केही अरु संग केहि आफु संगै,
टिभी खोलेर सामाचार हेर्छु।

मानिसहरूका गतिविधि अचम्म‌ लागि रहेको छ । नेपालमा अझै कतिपयले यसलाई मजाकको रूपमा लिइरहेका छन् । पछिल्लो समय आफ्नाबाट आफ्नालाई सरेको खबरले अधिकाश त्रासमा छन् । मान्छेका चरित्र पनि बुझि नसक्नुका छन् । जीवनसंग खेल्ने काम कत्तिको उपयुक्त होला र ! खेलि रहेछन् मृत्युसंग अनि पिताम्बरसंग । मृत्युभन्दा पर कता, कहाँ जानु छ र ? के मान्छेमा मानवियता सकिएको हो त ? नत्र यस्तो लापरवाही किन ? यस्ता अटेर गर्नेहरूको लकडाउनको मेरो नयाँ वर्षले सम्पुर्णको दिमागमा छिट्टै घाम लागोस् ।

फेरि मान्छेलाई कति प्रचार चाहिने हो । सामाजिक सञ्जालहरु हेरि सक्नु छैन । सेवा गर्नु धर्म हो तर, चाउचाउ, बिस्कुट, दालमोठ दिएर सामाजिक सञ्जालमा फोटोहरु अपलोड गर्नेको अहिले कमी छैन । सस्तो लोकप्रियताका लागि यतिसम्म गिर्नु आफैमा लज्जास्पद हो ? ए लकडाउनको मेरो नयाँ बर्ष सस्तो लोकप्रियता हैन जनता लाई खुशी पार्ने शक्ति देऊ ।

मैले यो लकडाउनको मेरो नयाँ वर्ष दु:ख पर्दा पिर पर्दा आफ्ना मान्छे सम्झिए,घर सम्झिनए नौलो होइन, तर अहिले लाखौं प्रदेशमा अलपत्र परेका कैयौँ नेपालीहरुले आफ्नो देश सम्झिरहेछन् । मेरो नयाँ वर्ष फेरी आउने छ तर, मेरो देशको भविष्यको कुनै ग्यारेन्टी पक्कै छन् । यस्तो दुखद घडीमा समस्यामा परेका नेपालीको उद्धार गरियोस् सरकार,।🙏

विपतको घडीमा भ्रष्टाचार कस्तो लज्जास्पद ?
सोच्दा पनि विरक्त लागेर आउँछ । हिजो महाकाली नदीमा पौडेर जाने अनि देशभित्र छिर्न नपाउदा भोकले झुन्डिएको समाचारहरु पढ्दाको क्षणले झन मन दुख्यो यो लकडाउनको मेरो नयाँ वर्षलेे अब यो दिन कहिले फर्किएर नआवोस् जहाँ भए पनि नेपाली भइ बाच्न पाउँ ।

कहिलेकाँही सम्झदा‌ पनि जिन्दगी त बालापनमै गजबको थियो। चिन्ता, भय र जिम्मेवारहिन,अहिले खाली सपनाहरु देख्ने गर्छु त्यस्तै बालापनको
सपनाको संसारै अनुभूति नै आन्नद लाग्दोरहेछ ।

घरमा सबै भन्दा ठूलो चिन्ता आमालाई भइरहेको छ दिनमा ५/६ पटक फोन गरि रहनुहुन्छ । कोठा बाहिर ननिस्कनु, सफा भैराख्नु र आफ्नो ख्याल गर्नु भनि सम्झाइ राख्नुहुन्छ ।

म पनि सम्झाइ रहन्छु ‘केही हुदैन आमा’ हजुरहरु आफ्नो राम्रो सँग ख्याल गर्नु म गाडी खुल्ने बित्तिकै घर आउँछु भने । विश्व रोईरहेको छ त्यो देशमा के भयो अर्को देशमा के भयो, एसईई दिन नपाएका बालबालिका माथि कस्तो असर पर्यो होला! हिजो भर्खर एक जना १४ वर्षिय बालिका बलात्कृत भइन् रे, यही सोच्दै बितिरहेछन् दिनहरु रातहरु । म आज भोलि मेरो वास्तविक जीवनभन्दा परको जीवनको कल्पना गरिरहेको छु ।

प्रिय डायरी,

समय चलिरहेकै छ, आफ्नै रफ्तारमा, आखिर जीवन पनि जसरी नि चल्दो रहेछ । यो शहरभरी मान्छे भएर पनि रित्तिएको यो शहरको के कुरा गर्नु र खै , घरभरि मान्छे भएर पनि शून्य यो आँगनको के कुरा गर्नु ।
बाँच्नको लागि गरिएको संघर्षको बेला मृत्युको के कुरा गर्नु बोरू केही सम्झनाका केहि बिर्सनाका र विगतका कुरा गरे!यो लकडाउनको मेरो नयाँ बर्ष आैँसिको रातमा रुमालियो तर मेरो देश कहिले नरुमाालियोस् ।

कस्ले पो सोचेको थियो होला र मान्छे पिन्जडामा बस्नु पर्छ भनेर,कस्ले पो जानेको थियो थियो होला र मान्छे देखि मान्छे डराएर गुफा भित्र पस्नु पर्छ भनेर, हिजो मान्छेले मान्छेलाई ‌कुटेर खाए, कुटेर खाए,लुसेर खाए , कोपेर खाए तर आज त्यही मान्छे लाई खाने चिज आयो ।

मान्छे आज बाच्नको लागि भौतरि रहेको छ, दौडिरहेको छ, त्यही भएर साथी यो दुई दिनको जिन्दगी के नै पो रहेछ र तेसैले त तिमी पनि हाँस्नु अरुलाई पनि हँसाउनु,तिमी पनि बाँच्नु अरुलाई पनि बचाउँनु । यो वर्षको मेरो लकडाउनको नयाँ बर्ष आउदा आउदै बिच बाटोमा लक लागेछ ।यो लक लागेको साल शुभकामना मात्र अर्को वर्ष रमाइलो गरौला गुम्न जाउँला, ठुला ठुला योजना बनाउला हैं साथी

लकडाउनको मेरो नयाँ वर्ष संगसंगै दिन हरु ढल्दै छ जिन्दगीका रङ्गहरु फेरिदै छ्न । समय पनि परिवर्तन भएको छ। मौसम बद्लिदो छ तर, मन कहिले नबद्लियोस् । जिन्दगी भन्नू पनि के रहेछ र येहि बद्लाब लाई महसुस गर्दा गर्दै चिहान सम्म को यात्रा गर्नु पर्ने । हरेक रितु सङ्ग साइनो गास्दा गास्दै आफू एक्लिनु पर्ने ।

ए, मेरो लकडाउको नयाँ वर्ष तिमी खुसिले भरिएका अन्गिन्ति सपना लिएर आउ आनन्द ठाउँ को शितल बतास लिएर आऊ यो संसारको महामारी भिडमा मेरो नयाँ बर्ष तिमी नयाँ उज्यालोकाे किरण लिएर आउ ।
यो महामारीको अन्त्य गर्दै सम्पूर्ण नेपालीहरु माझ मुस्कानको मल्हम लिएर आउ ए मेरो नयाँ बर्ष ।

यहाँ विश्वकै रात बाट भागेको निद्रा लिएर आउ पुरा नभएका ति सपनाहरु लिएर आउ घर्ती ओछ्याई आकाश ओढेर सडकका किनारमा सिउसिउ गरिरहेका छन् । तिम्रो आगमनको पहिलो किरणकाे पल कुरिरहेका छन्, हाे ए, नयाँ बर्ष तिमी धेरै सिरकहरु लिएर आउ ।

यो विपतको घडीमा मनले मनलाई बुझ्ने आभाष लिएर आउ भावनामा बगेका हृदयहरुमा कहिल्यै नफुट्ने ए मेरो नयाँ बर्ष, तिमी मनको बाध लिएर आउ ।

हामी बगाउँछौँ कलमबाट मसीहरु तिमी उत्साहका अक्षर बनेर आउ फुल फुलि रहन्छन्
तिमी बसन्त ऋतुमा पालुवा नाचेर यो महामारीको अन्त्य गरिदेऊ
हाे ए, मेरो नयाँ बर्ष यो महामारीको अन्त्य गरिदेऊ ।

यो पहिलो नयाँ बर्ष साझमा बसन्त ऋतुकाे मधुमास बनेर महकाउ । खुशी, शान्ति,कोरोना भाइरसको महामारीकोअन्धकारमा मेराे देश सुख, शान्ति, सुन्दर र महामारी अन्त्यको दिप सल्काऊ, ए मेरो नयाँ बर्ष

खुशीले भरिएका अनगिन्ती सपना लिएर आउ आनन्द ठाउँको शितल बतास लिएर आऊ,
यो संसारको अन्धो महामारीको भिडमा,
ए मेरो नयाँ बर्ष तिमी नयाँ उज्यालोकाे किरण लिएर आउ

देश रुदै छ लक डाउन छ ठुलै संकटमा परी
लौन ए, मेरो नयाँ बर्ष बचाई देउ मेराे देशलाई जसाे तसाे गरी

धन्यवाद
अन्जना बिसुन्के
सप्तरी
२०७६ साल चैत ३० गते आइतबार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -