- ADVERTISEMENT -
- ADVERTISEMENT -

भारतमा भयावह बन्दै कोरोना संक्रमण: मृतकको संख्या २३२ पुग्यो, ६ हजार ८ सय बढि संक्रमित

April 11, 2020
933
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, २९ चैत २०७६ । छिमेकी भारतमा कोरोना भाइरस संक्रमण झन्झन् बढ्दै गएको छ । भारतभरका विभिन्न राज्यमा ७ सय ८१ वटा नयाँ संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । योसँगै भारतमा कोरोनाबाट संक्रमितको संख्या ६ हजार ८ सय भन्दा बढि भएको छ ।

भारतमा यति धेरै संख्यामा कोरोना संक्रमित फेला परेको यो पहिलो घटना हो ।

भारतीय पत्रिका टाइम्स अफ इन्डियाको अनलाइन संस्करणका अनुसार महाराष्ट्र राज्यमा बिहीबार २२९ जना नयाँ संक्रमित फेला परेका छन् ।

बिहीबार तमिलनाडु, राजस्थान, गुजरात र दिल्लीमा क्रमशः ९६, ८०, ७६, र ५१ जना नयाँ संक्रमित भेटिएका छन् ।

बिहीबारको संक्रमित संख्याले गत साताको संक्रमण ढाँचालाई तोडेको छ । गत साता संक्रमित भेटिने दर प्रतिदिन ५–६ सयको आसपास हुने गरेको थियो ।

बिहीबार भारतमा थप ३१ जना कोरोना संक्रमितको ज्यान गएको छ । अब भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २३२ पुगेको छ ।

बिहीबार मृत्यु भएका ३१ मध्ये १५ जना महाराष्ट्र राज्यका र ३ जना दिल्लीका हुन् ।

महाराष्ट्रमा हालसम्म कोरोनाबाट ९७ जनाको मृत्यु भइसकेको छ । भारतका २० प्रतिशत संक्रमित महाराष्ट्र राज्यका हुन् ४० प्रतिशत मृतक पनि यही राज्यबाट रहेका छन् ।

नेपालसँग सिमाना जोडिएको बिहार राज्यमा बिहीबार १२ जना नयाँ कोरोना भाइरस संक्रमित भेटिएका छन् । योसँगै त्यहाँ कुल संक्रमितको संख्या ५१ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -