- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

लकडाउन उल्लघंन गर्ने २१४६ जना नियन्त्रणमा

April 11, 2020
523
Shares
- ADVERTISEMENT -

काठमाण्डौ, २९ चैत २०७६ । काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ४ सय ६१ महिला सहित २१ सय ४६ जनालाई नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि दिउसो ५ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो ।

यसै गरी ३ सय ७१ वटा दुई पाङ्ग्रे र १६ वटा चारपाङग्रे गरी ३ सय ८८ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाण्डौबाट सबैभन्दा बढि १८ सय ३३ जनालाई नियन्त्रणमा लिएको छ । यसै गरी ललितपुरबाट २ सय ३९ र भक्तपुरबाट ९२ जनालाई नियन्त्रणमा लिएको छ ।

- ADVERTISEMENT -

Advertisement

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनु भयो ।

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक कार्यबाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई आग्रह गर्नु भयो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com