- ADVERTISEMENT -
- ADVERTISEMENT -

कोरोना : मृत्यु हुने ९६ हजार भन्दा बढि, संक्रमित १६ लाख नाघ्यो

April 10, 2020
607
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, २८ चैत २०७६ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) ले विश्वमा झण्डै ९६ हजार ६ सय बढि व्यक्तिको ज्यान लिइसकेको छ ।

यसबाट संक्रमित हुनेको संख्या पनि १६ लाख नाघेको छ । बितेको २४ घण्टामा सात हजार १ सय ९७ जनाको मृत्यु भएको हो ।

अमेरिकामा विहिवार मात्र १ हजार ९ सयले ज्यान गुमाएका छन भने अहिलेसम्म १६ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा एकैदिन ३३ हजार ५ सय संक्रमणमा परेका छन भने हालसम्म ४ लाख ६८ हजार ५ सय संक्रमित पुगेको छ ।

मृत्यु हुनेमा अहिलेसम्म सबैभन्दा बढी इटालीमा १८ हजार २ सयभन्दा धेरै छन् भने स्पेनमा १५ हजार ४ सय नाघेको छ । स्पेनमा संक्रमित हुनेको संख्या १ लाख ५३ हजार नाघ्दा इटालीमा संक्रमितको संख्या १ लाख ४३ हजार नाघेको छ ।
फ्रान्समा मृतकको संख्या १२ हजार २ सय नाघेको छ ।

बेलायतमा करिब ८ हजारको मृत्यु भएको छ । इरानमा मृतकको संख्या ४१ सय नाघ्दा चीनमा यो संख्या ३३ सय ३६ छ । जर्मनीमा मृत्यु हुनेको संख्या २६ सय नाघ्दा बेल्जियममा २५२३, नेदरल्याण्डस्मा करिब २४ सय छ ।

भारतमा २२६ जनाको मृत्यु हुँदा ६ हजार ७ सयभन्दा बढी संक्रमित भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -