- ADVERTISEMENT -
- ADVERTISEMENT -

जापानमा काेराेना भाइरसबाट प्रभावित सात वटा प्रान्तमा एक महिने लामाे आपत्काल घाेषणा

April 8, 2020
609
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जापान, २६ चैत २०७६ । जापानमा काेराेना भाइरस (काेभिड १९) बाट प्रभावित सात वटा प्रान्तमा एक महिने लामाे आपत्काल घाेषणा गरिएकाे छ ।

आपत्काल घाेषणा गरिएका सात प्रान्तमा राजधानी टाेकियाे पनि पर्छ । याे आपत्काल आउँदाे मे महिनाकाे ७ तारिखसम्म लागु हुनेछ ।

मङ्गलबार जापानका प्रधानमन्त्री शिन्जाे अबेले आपत्कालकाे घाेषणा गरेका हुन् । एक महिने लामाे आपत्काल काेराेना भाइरसकाे सङ्क्रमण राेक्नका लागि लगाइएकाे हाे ।

मङ्गलबार जापानमा काेराेना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या तीन हजार ९ सय ६ पुगेकाे छ । याे सङ्ख्या गएकाे हप्ताकाे तुलनामा दाेब्बरले बढी हाे ।

जापानमा काेराेना सङ्क्रमणबाट अहिलेसम्म ९३ जनाकाे ज्यान गइसकेकाे छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -