- ADVERTISEMENT -

कोरोना विरुद्धको अभियान : अजिरकोट गाउँपालिकाको अनुरोध

April 2, 2020
816
Shares
- ADVERTISEMENT -

गोरखा, २० चैत २०७६ । सरकारको निर्णयलाई पालना गरी असल नागरिकको परिचय दिदै कोरोना विरुद्धको अभियानमा साथ दिनुहुन अजिरकोट गाउँपालिकाले आज एक अपिल-पत्र जारी गर्दै गाउँबासीमा अनुरोध गरेको छ ।

आज कोरोना भाइरसबाट बिश्वमा मृत्यु हुनेको संख्या ४३ हजार २ सय ७० पुगिसकेको छ । संक्रमितको संख्या ८ लाख ७२ हजार ७ सय ५६ पुगेको छ । आज स्पेनमा ५ सय ८९ जनाको ज्यान गुमाइसकेका छन् ।

- ADVERTISEMENT -

Advertisement

तसर्थ, विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण हाम्रो गाउँघरको टोल बस्तीमा फैलन नदिन सरकारले स्वास्थ्य लगायत दैनिक उपभोग्य सामाग्री बाहेक अन्य व्यापार व्यवसाय सबै बन्द गर्नु हुन आग्रह गरेको छ । अति आवश्यक बाहेक यातायातका साधन पनि बन्द गरिएकाले जथाभावी सवारी साधन पनि नचलाउन अनुरोध गर्दै यस विपद्को अवस्थामा घर भित्रै बसिदिनुहुन अजिरकोट गाउँपालिकाले सबैमा अपिल गरेको छ ।

यदि जरुरी कामले निस्कन पर्ने भयो भने पनि माक्स लगाएर सुरक्षित तरिकाले निस्कनु होला । भिडभाडमा नजानु होला । चिया पसल, चोक, चौतारा र टोलबस्तीमा कुनै पनि वाहानामा जमघट नगरिदिनु हुन अपिल गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

हालसम्म यस विरुद्धको भ्याक्सिन पत्ता लगाउन नसकीएको अवस्था रहेको छ । यसलाई रोकथाम तथा नियन्त्रण गर्ने अहिलेको उपाय हामी सवैको आत्म सयंम, धैर्यता र उच्च सचेतना नै हो । आफ्नो सरसफाई र सुरक्षामा ध्यान दिनु होला । नियमित रुपमा साबुनपानीले हात धुने, माक्स लगाएर बस्ने, खोक्दा, हाक्षियू गर्दा नाकमुख छोप्ने गर्नु होला । यति गरेयौं भने कोरोनाको संक्रमणबाट बच्न सकिन्छ । यदि कोही कसैमा रुघा खोकी लाग्ने, कडा ज्वरो आउने लगायतका कोरोनासँग मिल्दोजुल्दो लक्षण भेटिएमा तुरुन्त स्थानीय जनप्रतिनिधि र स्वास्थ्य चौकीलाई जानकारी गराउन गाउँपालिकाले सबैमा अपिल गरेको छ ।

हामी अहिले आफ्ना लागि आफैद्धारा लगाइएको नागरिक लकडाउनको पालना गर्दै घरमा बस्न आग्रह गर्दछौ । यो अवस्थामा मलाई केही हुँदैन भन्ठानी घरबाट बाहिर निस्कने, भीडभाड गर्ने कार्य आफैँमा आत्मघाती साबित हुन सक्दछ । तसर्थ, आफ्नै  घरमा परिवारसँग रमाएर बस्नुहोला । यो अवस्थामा श्वासप्रश्वास रोगी तथा जेष्ठ नागरीकहरुलाई विशेष सावधानी अपनाउन अजिरकोट गाउँपालिकाले सम्पुर्ण नागरीकहरुमा हार्दिक अनुरोध गरेको छ ।

यस महामारी रुपी विपद्को विरुद्धमा गाउँपालिकाले संघिय र प्रदेश सरकारसंग हातेमालो गर्दै विभिन्न कार्यहरु गर्दै आएको यहाँहरुलाई विदितै छ । स्थानिय विपद् व्यवस्थापन समिति तथा कोरना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण समन्वय समितिको वैठकवसी यस महामारी विरुद्धमा गाउँपालिका स्तरबाट लिनुपर्ने कदमहरुमा कुनै कसर वाँकी नराख्ने निर्णय गरेको छ । गाउँपालिकाद्धारा क्वारेन्टाइन कक्ष निर्माण गरिएको छ भने विदेशबाट यस गाउँपलिकामा प्रवेश गरेकाहरुको लगत राखी उनीहरुको उच्च निगरानी राखिएको गाउँपालिका अध्यक्ष फणिन्द्र प्रसाद धितालले जानकारी दिनुभयो ।

गाउँपालिकाका मुख्य नाका तथा बजार क्षेत्रमा डिस्ईन्फेक्टान्ट छर्किनुको साथै विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गरिएको छ । विपन्न, श्रमिक तथा दैनिक गुजारा गर्ने वर्ग भोकमरीबाट गुज्रिन नपरोस् भनेर गाउँपालिकाले हरेक वडा कार्यालयबाट लगत संकलन कार्यलाई तिव्रता दिदै पहिचान भएका वर्गलाई आवश्यक राहतको व्यवस्था गरिएको फणिन्द्र प्रसाद धितालले जानकारी दिनुभयो ।

महामारीको यस घडिमा सवै अजिरकोटवासी नागरीकहरुमा धैर्यता, आत्म संयम र सचेतनाको अपेक्षा  गरेको छ । महामारी सधै रहिरहदैन र यस समयमा आफु र अरुलाई बचाउन स्वास्थ्यसंग सरोकार राख्ने आधिकारीक निकायहरुको राय सुझावको पालना गर्नु हरेक नागरीकको कर्तव्य हो ।

अन्त्यमा, सवै राजनीतिक दल, नागरीक समाज, संघ सस्था , स्वदेश, विदेशमा रहनु हुने वुवाआमा, दाजुभाई, दिदिबहिनीहरुमा कोरोना भाईरस विरुद्धको अभियानमा साथ र सहयोगको लागि अजिरकोट गाउँपालिकाले अपिल गरेको छ ।

अजिरकोट गाउँपालिका

गाउँकार्यपालिकाको कार्यालय

भच्चेक, गोरखा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -