- ADVERTISEMENT -

संकटको यो घडीमा सत्ताबाट गरिएका हर्कत असहयै र पिडादायी : युवा नेता प्रदिप पौडेल

April 2, 2020
865
Shares
- ADVERTISEMENT -

काठमाडौँ,२० चैत २०७६ । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले संकटको यो घडीमा सत्ताबाट गरिएका हर्कत असहयै र पिडादायी भएको बताउनु भएको छ । उहाले सामाजिक संजाल फेसबुकमा नेता प्रदिप पौडेल लेख्नुहुन्छ :

हामी यतिबेला मानव सभ्यता नै आफ्नो अस्तित्वका निम्ति लडिरहेको संकटग्रस्त अवस्थामा बाँचिरहेका छौं । तर,स्वास्थ्य उपकरण खरिद सम्झौतामा करोडौं भ्रष्टाचार गर्ने अमानवीय, निकृष्ट र आपराधिक कार्यको नेतृत्व स्वयं सरकारले नै गरिरहेको छ ।

- ADVERTISEMENT -

Advertisement

सबैतिरबाट विरोध भएपछि र पोल खुलेपछि लाजगालका कारण निर्णय फिर्ता गरेको छ । यहि विषयमा लेखिएको एक अनलाइनको समाचार प्रधानमन्त्रीकै सचिवालयबाट अनाधिकृत रुपले हटाइएको खबर बाहिरिएको छ । हिजोसम्म प्रम र स्वास्थ्य मन्त्री यसका बारेमा जवाफ दिन आबश्यक ठान्दैनथे ।

संकटको यो घडीमा सत्ताबाट गरिएका यी हर्कत असहयै र पिडादायी छन् । यस्तो बिपतमा पनि ब्रमहलुट गर्नेहरूबाट जनताको स्वास्थ्य सुरक्षा हुन्छ भनेर कसरी मान्न सकिन्छ ? यस्तो अबस्थामा यसको कडा प्रतिवाद जरुरी छ, भन्नु भएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -