- ADVERTISEMENT -

अस्पतालमा बसेर उखान टुक्का भन्दैमा देश चल्दैन : कुन्दनराज काफ्ले

December 20, 2019
1042
Shares
- ADVERTISEMENT -

झापा, ४ पौष २०७६ । नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्लेले प्रधानमन्त्री केपी ओलीको कमजोर नेतृत्वका कारण देश असफलतातर्फ उन्मुख भएको आरोप लगाउनु भएको छ ।

आज शुक्रबार झापामा नेपाल बिधार्थी संघले “चिनौं सिमाना, जोगाऔं माटो” भन्ने मूल नाराको साथ आयोजना गरेको सभालाई सम्बोधन गर्नु हुदै काफ्लेले सरकारको कडा आलोचना गर्नु भएको हो । नेविसंघका निवर्तमान महामन्त्री समेत रहेका काफ्लेले अस्पतालको शैयामा बसेर उखान टुक्का भन्दैमा देश नचल्ने बताउनु भएको छ ।

- ADVERTISEMENT -

Advertisement

“सीमा विवाद समाधान गर्न सरकारले केही गर्न नसकेबाट प्रधानमन्त्री ओलीको राष्ट्रियता देखाउने दाँत मात्र प्रमाणित भएको छ” काफ्लेले भन्नुभयो । सोही अवसरमा १५ सय विद्यार्थीका बीच कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नेपालको नक्सा सार्वजनिक गरिएको थियो ।

सभालाई सम्बोधन गर्ने क्रममा नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेती, नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सन्तोष उप्रेती, नेविसंघ झापाका प्रवक्ता सञ्जय निरौला लगायतले नेपालको स्वतन्त्र अस्तित्व रक्षाका लागि सबै विद्यार्थीहरु एक हुनुपर्नेमा जोड दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -