- ADVERTISEMENT -

अब सहकारीले बैंकसँग प्रतिस्पर्धा गर्न सक्नुपर्छ : मन्त्री अर्याल

December 20, 2019
671
Shares
- ADVERTISEMENT -

काठमाडौं, ४ पौष २०७६ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब सहकारीले बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि को २८ औं वार्षिक साधारणसभालाई आज शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

अब सहकारी क्षेत्रलाई डिजिटलाइज् गर्नुपर्ने भन्दै मन्त्री अर्यालले हिजोका दिनमा एक महिना लाग्ने काम अब एक दिनमा सम्पन्न हुनेगरी समयसापेक्ष प्रविधिको प्रयोग गर्न आग्रह गर्नुभयो । ‘हिजो एक महिना लाग्ने काम अब एक दिनमा हुनुपर्छ । अहिलेका बैंकहरुसँग प्रतिस्पर्धा गर्नसक्ने प्रतिस्पर्धी क्षमताको विकास सहकारीहरुले गर्नुपर्छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘अब सहकारी क्षेत्रलाई प्रविधिमैत्री बनाउ । त्यसपछि हामी अगाडी बढ्न सहज हुन्छ ।’

सहकारी क्षेत्रमा केही सम्भाव्य खतराहरु देखापरेको भन्दै मन्त्री अर्यालले अब सहकारीका सञ्चालक सदस्यहरुले प्रत्येक वर्ष सम्पत्ति विवरण पेश गर्नुपर्ने बताउनुभयो । अब परम्परावादी ढंगले सहकारी चल्न नसक्ने भन्दै समयसापेक्ष सहकारीले प्रविधिको प्रयोग गर्नुपर्ने बताउनुभयो ।

सहकारी अभियानले अब संख्या बढाउने भन्दा पनि गुणस्तरियतामा प्राथमिकता दिनुपर्ने भन्दै उहाँले सहकारी संस्थाहरुको मर्जर अभियान अभियन्ताहरुलाई हेरेर ल्याइएको बताउनुभयो । संस्था धेरै भएर मात्र प्रगति नहुने भन्दै उहाँले बित्तिय कारोबार बढी गर्ने संस्थाहरुबीचमा बढी मर्जर गर्न खोजिएको बताउनुभयो । संस्था बढाउनुभन्दा मर्जर गरेर कार्यक्षेत्र बढाउदा बढी राम्रो हुने उहाँको भनाइ थियो ।

सरकार, सहकारी र नीजि क्षेत्रलाई राज्यले संविधान मार्फत विकास र समृद्धिको साझेदार मानिसकेको दोहो¥याउदै मन्त्री अर्यालले अब सहकारीमार्फत मुलुक समृद्धिको दिशामा अगाडी बढ्नुपर्ने बताउनुभयो । कृषिको आधुनिकिकरण, यान्त्रिकिकरण र औद्योगिकिकरणमा राज्य अगाडी बढ्ने भन्दै त्यसको अगुवाई सहकारीले गर्नुपर्ने उहाँको भनाई थियो ।

राष्ट्रिय पुँजिको निर्माण आजको मूल विषय भएको भन्दै मन्त्री अर्यालले उत्पादन र उत्पादकत्व बृद्धि नरी राष्ट्रिय पुँजी निर्माण हुन नसक्ने बताउनुभयो । राज्यले लिएको समाजवादमा पुग्ने लक्ष्य पुरा गर्न सबै प्रकारको गरिबीको अन्त्य हुनुपर्ने उहाँले बताउनुभयो । ‘सबै प्रकारको गरिबीको अन्त्य पहिलो मन्त्र हो । सहकारीसँग तल्लो तहसम्मका जनतालाई मोटिभेशन गर्ने शक्ति छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘२÷४ जनाले प्रगति गरेर हुदैन । तल्लो वर्गलाई माथि उठाउने गरी अबको सहकारी गतिविधि सञ्चालन गर्न आग्रह गर्नुभयो ।

निम्न वर्गलाई सदस्य बनाएर आफ्नो सदस्यलाई माथि उठाउने गतिविधि गर्न आग्रह गर्दै मन्त्री अर्यालले आफ्नो सदस्यहो हितका पक्षमा काम गर्न आग्रह गर्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -